सोमबार ३० साउन २०७९

यतिबेला सानै उमेरमा केहि गरूँ भन्ने धेयले सानै बालबालिकादेखि टिनएजर युवतीहरू समेत केहि नयाँ काम गरेर सामाजमा राम्रो प्रतिष्ठा बटुल्न तिर लागेका थुप्रै उदाहरणहरू छन् ।

यस्तै यतिबेला काठमाडौंकी १८ वर्षीया मानवी सुब्बाले एउटा अनौठो व्यवसाय गरिरहेकी छिन् । जहाँ उनले सेकेन्ड ह्यान्ड फेसनका कपडाहरू सङ्कलन गरेर अरूलाई बेच्ने गर्छिन्।

यति सानै उमेरमा यस्तो आइडिया लगाइन कि अरूले प्रयोग नगरिएका तर राम्रै देखिने कपडाहरू संकलन गर्ने गर्छिन् ।

ती संकलित कपडाहरू राम्रोसँग सफा गर्छिन् । अनि राम्रो व्यवस्थित तवरले पुनः प्रयोगका लागि उपयुक्त पार्न जे जे गर्नु पर्छ गर्छिन् । यति मात्रै होइन उनी आतिथ्यमा समेत अत्यधिक धेरै ध्यान दिन्छिन् र

यसलाई सफा र राम्रो अवस्थामा बनाएपछि मात्र बेच्छन्। धेरैले सस्तो र सस्तो मूल्यमा फेसनल लुगा लगाउने सुविधा पाएकाले उनका कपडाहरू लगाउनेहरू पनि मख्खै छन् ।

यति सानै उमेरमा यस्तो छुट्टै खालको आइडिया प्रयोग गरेकि मानवी सुब्बाले यहि ब्यवसायबाट करिव मासिक ३० हजार आम्दानी गरिरहेकी छन् । भन्छिनः

मैले यो सेकेन्ड हेन्डको कपडा सँकलन गरेर बेचेपछि थोरै पैसा हुनेहरूका लागि त एकदमै खुशी दिएकि छु । त्यति मात्रै नभएर उहाँहरूको खुशी सँगै मैले पनि कमाइ गर्ने माैका पाएपछि खुशी नहुने त कुरै भएन ।

काठमाडौं : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डा. भीमबहादुर रावल यतिबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको टाउको दुखाइ बनेका छन् । महाधिवेशनमा अध्यक्षमा ओली विरुद्ध उम्मेदवारी दिएर पार्टीमा झनै प्रभावशाली बन्दै गएका रावल पार्टीले लिएको नीतिविरुद्ध खुलेरै अभिव्यक्त दिन थालेका छन् ।

रावलले संसदमा पार्टी नेतृत्वले लिएको नीतिको आलोचना गरेका छन्। रावलको यो अभिव्यक्तीलाई धेरैले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा दिएको अभिव्यक्ती भएको आरोप लगाइरहेका छन् ।

एकातिर माधव नेपालसहित १४ सांसदको कारवाही र सभामुखको राजीनामा मागेर निरन्तर संसद अवरोध गर्ने र अर्कोतिर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सिफारिस समिति गठनमा संलग्न भएर संसदीय प्रक्रियामा सामेल भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन्।

यो कुन नीति हो, संसद अवरोधको औचित्य के भनेर प्रश्नसमेत गरेका छन्। एमसीसीमा बोल्दा हिरो बन्यो भनेर बोल्न हुन्न भन्ने र महाभियोग प्रक्रियामा कुन नीतिले सामेल भएको भनेर उनले प्रश्न तेर्स्याएका छन्।


Last Updated on: March 8th, 2022 at 5:53 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया