
एजेन्सी, काठमाडौं :
रुस र युक्रेनबीच यु ‘द्ध जारी छ । यो यु’ द्धमा परेर एक युक्रेनी अभिनेता पाशा लीको निधन भएको छ । युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्या’न गु’माएका हुन् ।
पाशा अग्रमोर्चामा रहेर सेनाको निर्देशन पालन गरिरहेका थिए । यही बेला मार्च ६ मा इरपिनमा भएको कारवाहीमा उनको मृत्यु भएको हो । यो कुराको जानकारी ‘ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभल’ले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै दिएको हो ।
पाशा ३३ वर्षका थिए । युक्रेनमा रुसले कारवाही सुरु गरेपछि उनले अभिनय करियर छोडेका थिए । यसपछि उनी युक्रेनको टेरिटोरियल डिफेन्स युनिटमा आबद्ध भएका थिए ।
पाशा युक्रेनको लोकप्रिय अभिनेता, डबिङ कलाकार, गायक तथा संगीतकार थिए । उनले आफ्नो करियर टेलिभिजन कमर्शियलबाट सुरु गरेका थिए ।
उनले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्मबाट अभिनय करियर प्रारम्भ गरेका थिए । उनको लोकप्रिय फिल्ममा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्लासमेट्स’ छन् ।
काठमाडौं : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डा. भीमबहादुर रावल यतिबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको टाउको दुखाइ बनेका छन् । महाधिवेशनमा अध्यक्षमा ओली विरुद्ध उम्मेदवारी दिएर पार्टीमा झनै प्रभावशाली बन्दै गएका रावल पार्टीले लिएको नीतिविरुद्ध खुलेरै अभिव्यक्त दिन थालेका छन् ।
रावलले संसदमा पार्टी नेतृत्वले लिएको नीतिको आलोचना गरेका छन्। रावलको यो अभिव्यक्तीलाई धेरैले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा दिएको अभिव्यक्ती भएको आरोप लगाइरहेका छन् ।
एकातिर माधव नेपालसहित १४ सांसदको कारवाही र सभामुखको राजीनामा मागेर निरन्तर संसद अवरोध गर्ने र अर्कोतिर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सिफारिस समिति गठनमा संलग्न भएर संसदीय प्रक्रियामा सामेल भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन्।
यो कुन नीति हो, संसद अवरोधको औचित्य के भनेर प्रश्नसमेत गरेका छन्। एमसीसीमा बोल्दा हिरो बन्यो भनेर बोल्न हुन्न भन्ने र महाभियोग प्रक्रियामा कुन नीतिले सामेल भएको भनेर उनले प्रश्न तेर्स्याएका छन्।
‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्रन्या चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो?’ उनले प्रश्न गरेका छन्, ‘कसरी बुझ्ने?संसद अवरोध के भयो त अब?’