मंगलबार १२ आश्विन २०७८

कोरोना बिरामी बोक्न मानेन सिम्रिक हेलिकप्टरले रितै काठमाण्डौ फर्कियो

कस्तो छ कोच दिपको अबस्था? शुशिलले दिए कोच दिपको बारे यस्तो जानकारी (यो हेर्नुस भिडियो)
May 29, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । वरिष्ठ गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठ संक्रमित भएका छन् । केही दिन घरमै आइसोलेसनमा बसेका श्रेष्ठलाई अहिले अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएको र उनलाई अस्पतालको आइसीयुमा भर्ना गरिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागि पनि संक्रमित देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।

द भ्वइस अफ नेपालले आफ्नो फेसबुक पेजमा लेखेको छ, महागुरु कोच दीपलाई शिघ्र स्वस्थलाभ को कामना । स्वास्थमा सामान्य समस्या देखिएपछि हस्पिटलमा भर्ना हुनुभएका महागुरु हाम्रा कोच दीप श्रेष्ठलाई को भिड देखिएपछि उहाँ अहिले यो रोग सँग जुधिरहनुभएको छ।

सधैं हामीलाई आत्मबल दिने संगीतका जीवन्त धरोहरलाई को भिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई विश्वास छ। गायक श्रेष्ठलाई निमोनिया देखिएको अस्पताल स्रोतले जनाएको छ।


Last Updated on: May 29th, 2021 at 7:50 pm
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया