बुधबार २५ साउन २०७९

यी ९० वर्षीया बुबा जसले अस्पताल निर्माणका लागि दिए ३ करोड दान ! सम्मान स्वरुप एक सेयर गरौं

मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् । उपचार भए पनि पक्षाघात भएकाहरुले ह्वीलचियरको साहारा लिँदा दिनचर्या सहज हुन सकेको छैन ।

मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) को उपचार र पक्षघात भएकाहरुको पूनस्र्थापनाका लागि अस्पताल बनाउन नारायणगढमा एक दानवीरले तीन करोड रुपैयाँ दान दिने भएका छन् ।

नारायणगण् निवासी ९० वर्षीय उदयकुमार पिया सोमबार निकै खुशी देखिन्थे । उनले तीन करोड रुपैयाँ दिने पक्का भएपछि दिउँसो भरतपुर–३ बाह्रघरे सानो मझुवामा स्पाइनल इन्जुरी अस्पताल तथा पुनस्र्थापना केन्द्रको शिलान्यास भयो ।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 9th, 2022 at 4:15 pm
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया