सोमबार २३ साउन २०७९

The Gorkha News/ काठमाडौ। केन्द्रीय समितिको बैठकमा करिब डेढ घण्टा भाषण गरेका प्रचण्डले जनयु द्ध लडेका माओवादीहरुलाई शान्ति प्रक्रियाको चिन्ता रहेको भन्दै नारायणकाजी श्रेष्ठ लगायत तत्कालीन एकता केन्द्रका नेताहरुप्रति कटाक्ष समेत गरेका थिए।

प्रचण्डले बैठकमा भने– ‘यु द्ध नलडेका साथीहरुलाई त के थियो र? उहाँहरु बाहिर हुने मसहित युद्ध लडेका सहयोद्धाहरु सबै हेगमा पुग्ने अवस्था आएकाले एमसीसी पारित गर्नै पर्ने भयो।’

केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले मात्र बोलेका थिए। श्रेष्ठले अहिलेसम्म नेपालमा भएका परिवर्तनको नेतृत्व गरेजस्तै प्रचण्डले देशभक्तिपूर्ण आन्दोलनको पनि नेतृत्व गरिदिए हुन्थ्यो भन्ने आफ्नो चाहना सफल नभएको बताए।

उनले हेग लैजाने त्रास देखाएर प्रचण्डले पार्टी पंक्तिलाई भावनात्मक ब्ल्याकमेल गरेको आरोप लगाए। तर जतिसुकै असहमति भए पनि पार्टी नफुटाउने उनले बताएका थिए।

साथमा यो पनि: अर्थमन्त्रालय चलाउने क्षमता नपुगेको भन्दै जनार्दन शर्माको कुर्ची खोस्ने तयारीमा प्रधानमन्त्री देउवा

अर्थमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट बनेका छन्। अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्र माथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्री देउवाले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्न थालेका हुन्।

प्रधानमन्त्री निकटस्थहरूले देउवालाई अर्थमन्त्री परिवर्तन गरेर अर्थतन्त्रको ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिइरहेका छन्। देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेर निर्णय लिने तयारी गरेको देउवा निकट स्रोत बताउँछ।

“उहाँमा अर्थतन्त्रको पर्याप्त ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्श गरेर अघि बढ्ने स्वभाव पनि नभएका कारण अर्थमन्त्री परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ। प्रधानमन्त्रीले चाँडै माओवादी केन्द्रलाई परराष्ट्र मन्त्रालय दिएर भएपनि अर्थ मन्त्रालयमा अर्कै व्यक्तिलाई पठाउन सक्नुहुन्छ,” स्रोतले भन्यो, “प्रचण्डजीले मान्नुभएन भने पनि उहाँकै पार्टीबाट अर्थतन्त्र बुझेको व्यक्ति पठाउन प्रधानमन्त्रीले भन्नुहुने छ।

अर्थमन्त्री शर्माले अर्थमन्त्रालयकै विज्ञ कर्मचारीसँगसमेत परामर्श नगरी निर्णय लिने गरेको, मातहतका निकायका पदाधिकारीसँग एक्लै छलफलमा बस्ने गरेको तथा जुनियर कर्मचारीको सरुवामासमेत चासो राख्ने गरेको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरूसमेत असन्तुष्ट छन्। अर्थमन्त्री शर्माले सेयर बजारका विषयमा दिएका अभिव्यक्तिको पनि चर्को आलोचना भएको थियो। यसअघि ऊर्जा मन्त्रालयमा सफल छवि बनाएका शर्मा अर्थ मन्त्रालयमा आएपछि छवि सुधार हुन सकेको छैन।


Last Updated on: March 9th, 2022 at 4:21 pm
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया