शनिबार २८ साउन २०७९

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनी सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेकोछ । तपाईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने योग रहेकोछ । तपाईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगती गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पती प्रयोग गर्न पाईनेछ । नविन विचारको प्रयोग मार्फत व्यावसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रशासनिक क्षेत्रमा तपाईंको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगती हुने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउन सकिने तथा आर्थिक रुपमा सबल हुने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा चेलि माईती बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुःख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायबाट नाँफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशि भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाईने ग्रहयोग रहेकोछ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । बिद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ भने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केहि भए स्वत ठिक हुनेछ । व्यापार बिस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतीहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धीत क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरिको प्रगती देख्न पाईनेछ । व्यापार व्यावसायमा लगानि गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना कामहरु छोड्नाले आउने रकम आउने छैनन् । व्यापार व्यावसायमा लगानी गरे पनि आम्दानी कम नै हुनेछ । आफन्त तथा आमासँग म न मु टा ब बढ्ने योग रहेकोछ भने टाडिएर यात्रा गर्नुपर्दा मन दुखि हुनेछ । घर जग्गाको खरिद बिक्रि गर्दा जा सवारी चलाउदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । बि वा दि त बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई पछी पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

तपाईँको दिन शुभ रहोस् ।


Last Updated on: March 10th, 2022 at 10:25 am
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया