शनिबार २८ साउन २०७९

सुर्खेत। सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४, नम्वरको अटो रिक्सा आज आफै अनियन्त्रित भएर सडकको कलभर्टमाठोकिएर दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

दुर्घटनामा परी घाईते भएकी जमराको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि पोष्ट मार्टमका लागि प्रदेश अस्पतालकालागाँउ पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभएकाे छ **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 10th, 2022 at 10:45 am
१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया