शुक्रबार ०५ आश्विन २०८०

महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टले धेरै नागरिकको निधन भएको छ । पछिल्लो समय शहरहरुमा संक्रमितको संख्या खट्दै गएपनि अहिले ग्रामिण क्षेत्रमा संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्थांकले देखाएको छ । स्वास्थ्य सामग्री र साधनको अभाव भएको ग्रामीण क्षेत्रमा उपचार नपाएर संक्रमितको ज्यान जोखिममा पर्ने खतरा छ ।

यस्तोमा केही सामाजिक अभियन्ता ग्रामीण भेगमा सक्रिय भएका छन् । केही दिन यताको लगातार बर्षाका कारण आएको बाढी पहिरोले ग्रामिण सडक भत्किएका छन् । एम्बुलेन्स जाने अवस्था नभएपछि स्थानिय एक युवाले जुक्ती निकालेका छन् । उनले आफ्नो ब्यक्तिगत मोटरसाइकललाई एम्बुलेन्स बनाएर आफै संक्रमितको उद्दारमा जुटेका छन् ।

बर्षाका कारण विगत तीन दिनदेखि धादिङको बेनीघाट रोराङ १० जयपुरीमा एम्बुलेन्स जान सकेन । संक्रमित उपचार नपाएर ज्यान जोखिममा पर्ने अवस्था भएपछि युवाले मोटरसाइकललाई नै एम्बुलेन्स बनाएका हुन् ।

यस्तो काम गर्ने युवाको अहिले सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ । जयपुरीमा रहेका २ जना संक्रमितलाई युवाले अस्पताल लगिदिएका छन् । युवाले मोटरसाइकल मार्फत चौकीटार सम्म पु–याइदिएका छन् ।

धादिङको बेनीघाट रोराङ १० का तरुण दलका संयोजक समेत रहेका सागर श्रेष्ठले जयपुरीका सीत अधिकारी र शिशिर अधिकारीलाई आफ्नो मोटरसाइकल मार्फत चौकीटार सम्प पु–याइदिएका हुन् ।

संक्रमितको नजिक जान पनि डराउने ग्रामिण परिवेशमा उनले सुरक्षाको मापदण्ड पालना गरेर संक्रमितलाई सहयोग गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् । उनको यस्ता कामले अरुलाई पनि सहयोग प्रति उत्साह जगाउने स्थानियको भनाई छ ।

बिग्रिएको जोखिम सडकमा आफ्नो ज्यानको बाजी राखेर मोटरसाइकल मार्फत विरामीलाई उद्धार गरेकोले यतिबेला उनको कामको सबैले प्रशंसा गरेका छन् ।

 


Last Updated on: May 30th, 2021 at 12:18 am
९७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया