सोमबार ३० साउन २०७९

काठमाडौं ।

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले संसदमा पार्टी नेतृत्वले लिएको नीतिको आलोचना गरेका छन्। एकातिर माधव नेपालसहित १४ सांसदको कारवाही र सभामुखको राजीनामा मागेर निरन्तर संसद अवरोध गर्ने र अर्कोतिर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको

महाभियोग सिफारिस समिति गठनमा संलग्न भएर संसदीय प्रक्रियामा सामेल भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन्। यो कुन नीति हो, संसद अवरोधको औचित्य के भनेर प्रश्नसमेत गरेका छन्। एमसीसीमा बोल्दा हिरो बन्यो भनेर बोल्न हुन्न भन्ने र महाभियोग

प्रक्रियामा कुन नीतिले सामेल भएको भनेर उनले प्रश्न तेर्स्याएका छन्। ‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्रन्या चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस

समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो?’ उनले प्रश्न गरेका छन्, ‘कसरी बुझ्ने?संसद अवरोध के भयो त अब? यसअघि पनि नेता रावलले एमालेको अवरोधका बीच बजेट प्रतिस्थापन विधेयक पारित भएपछि सरकारले काम गर्न पाउनेगरी गरिएको अवरोधको कुनै अर्थ नहुने बताएका थिए। उनले कि सशक्त

अवरोध गर्नुपर्ने होइन भने जनजीविका सवालका विषय संसद आउन दिनुपर्ने धारणा राखेका थिए। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद् निरन्तर अवरोध हुने भए संसद् भङ्ग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ । आज बसेकाे प्रतिनिधि सभाकाे बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले

यस्ताे बताउनुभएकाे हाे । संसद् चल्न नदिएर संसदलाई पङ्गु बनाइएको भन्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको वितण्डालाई सामना गर्नका लागि संसद् भङ्ग गर्नुपर्ने बताउनुभयो । संसद भङ्ग गरिदिए केपी ओलीको हङ्गामा गर्ने ठाउँ नरहने उहाँको टिप्पणी छ ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हाउस चल्न पनि नदिने । केही गतिविधि गर्न पनि नदिने । हाउसलाई पङ्गु बनाउने, भत्ता खाने, हामीलाई पनि हैरान पार्ने । त्यस्तो हो भने त्योभन्दा पहिले पूरै संसदले नै अब केपी ओलीको बितन्डाको सामना गर्नलाई यसलाई भङ्ग गरिदिने । न संसद्

रहन्छ । न हङ्गामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने ।’ आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवराेधलाई निरन्तरता दिएकाे थियाे । यसैबीच प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २९ गते आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


Last Updated on: March 10th, 2022 at 11:10 am
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया