बुधबार २५ साउन २०७९

काठमाडौं । युक्रेनकी प्रथम महिलाले “युक्रेनी नागरिकको नर सं’हार” को निन्दा गर्दै खुलापत्र लेखेकी छन्। ओलिना जेलेन्स्काले लेखेकी छन्,“रुसले अति क्रम’ण गर्ला भन्ने कुरा पत्याउन असम्भव थियो। रुसी आ क्रम’णले लाखौँ मानिसका लागि त्रासदीपूर्ण वास्तविकता सिर्जना गरेको छ, खासगरी बालबालिकाका लागि।” तर प्रतिवाद गर्ने युक्रेनी नागरिकको कदमको उनले प्रशंसा पनि गरेकी छन्। “उत्तेजना फैलाउनले पुटिनले युक्रेन माथि ब-म बारी गर्ने ठानेका थिए।

तर उनले हाम्रो देश, हाम्रा मानिस र हाम्रो देशभक्तिलाई कम आँके ।” अन्तर्राष्ट्रिय सहयोग र राहत प्रयासका लागि कृतज्ञता जाहेर गर्दै उनले अन्त र्राष्ट्रिय सञ्चार माध्यम तथा बाँकी विश्वलाई “जे भइ रहेको छ त्यो देखाउन र सत्य देखाउन” अपील गरेकी छन् । “परमा,णु यु,द्ध शुरू गर्ने धम्की दिने गरेका पुटिनलाई यदि हामी रोक्दैनौँ भने हाम्रो लागि विश्वमा कतै सुरक्षित ठाउँ हुने छैन।” यस्तो छ उनको खुला पत्र :

ओलेना जेलेन्स्कीका तर्फबाट…
संसारभरका मिडिया मेरो अन्तर्वार्ता लिन चाहन्छन् । म यो चिट्ठीमार्फत सबैलाई एकैसाथ जवाफ दिइरहेकी छु । युक्रेनमा मेरो अनुभव । मेरो देशमा एक सातादेखि जे भइरहेको छ, यो अकल्पनीय थियो । हाम्रो देश शान्तिपूर्ण थियो।

हाम्रा महानगर, शहर र गाउँ उल्लासपूर्ण थिए । २४ फेब्रुअरीमा हामी यु,द्ध सुरुवातको घोषणासँगै जाग्यौँ । रुसी ट्या’ङ्क युक्रेनी बोर्डर पार गरिसकेका थिए । उनीहरूका विमान हाम्रो हवाई क्षेत्रमा आए । हाम्रा शहर माथि रकेट ता’किएका थिए ।

भलै, क्रेमलिन यो आ क्रम’णलाई एक ‘विशेष अभियान’ बताइरहेको छ तर यो युक्रेनी नागरिकहरूको सामूहिक नर सं’हार हो । अबोध, निर्दोष बच्चाहरू मा रिएका समाचारहरू सबै भन्दा पी’डादायी छन् ।

आठ वर्षकी अलिसाले ओखतिरका गल्लीमा अन्तिम सास लिइन् । उनका हजुरबुवाले ढाल बनेर उनलाई बचाउने प्रयास गरेका थिए । किभकी पोलिन…आफ्ना आमाबुवा सहित बम आ क्रम’णमा मारिइन् ।

टुटेको वस्तुले टाउकोमा लागी घाइते भएका १४ वर्षे आर्सेनीलाई पनि बचाउन सकिएन । किनकि, रुसले निरन्तर बम हानिरहेका बेला एम्बुलेन्स बेलैमा घटना स्थलमा पुग्न सकेन । रुस अझै आम नागरिक माथि आ क्रम’ण नगरेको दाबी गर्छ भने यी नामहरू बारे

बताउँछु । यहाँका महिला, बालबालिका सेनाको संरक्षण वा बंकरमा बसिरहेका छन् । मानिसहरू आफ्नो बच्चा लिएर घरपालुवा जनावरसँग सडकमा ल’डिरहेका त तपाईंहरूले किभ र खार्किभका तस्वीरमा देख्नु भएकै होला ।

कसैका लागि यो शानदार फुटेज हो तर युक्रेनीका लागि यो पछिल्लो साताको नयाँ वास्तविकता हो । कैयौँ परिवार हवाई आक्रमणको डरले बाहिर निस्कन सकिरहेका छैनन् । हाम्रा बच्चाहरूको कक्षा बंकरमै हुन्छ । केही शिशु त त्यहीँ जन्मिरहेका छन् । किनभने

नर्सिङ वार्डलाई ध्वस्त पारिएको छ । रुसी आ क्रम’णको दिन जन्मिने बच्चाले शान्तिको खुला आकाश होइन बरू बं’करको कं’क्रिट छत देखे । आफ्नो जीवनमा अहिलेसम्म शान्ति देख्न नपाएका दर्जनौँ बच्चा हाम्रो देशमा छन् ।


Last Updated on: March 10th, 2022 at 12:43 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया