सोमबार ३० साउन २०७९

खोटाङमा गोरुले हान्दा एक गम्भीर घाइ’ते भएका छन् । गोरुले हान्दा दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ५० वर्षीय असुरध्वज राई गम्भीर घा’इते भएका हुन् । उनलाई चराउन लगेको बेला गोरुले बुधबार बिहान हानेको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

गोरुको सिङले पेटको देब्रे साइडमा छेड्दा राईको आन्द्रा बाहिर निस्केको आफन्तले बताएका छन् । मलका लागि आफन्तबाट ल्याएर पाल्न थालेको केही दिनपछि राईलाई गोरुले हानेको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

घा’इतेको बाहिर निस्केको आन्द्रालाई फेमिली केयर अस्पताल दिक्तेलमा इमरजेन्सी अपरेसन गरेर पूर्ववत् अवस्थामा फर्काइएको छ । यद्यपि उनी खत’रामुक्त नरहेको अस्पतालले जनाएको छ ।
उनको बाहिर निस्केको आन्द्रालाई पूर्ववत् अवस्थामा फर्काउन डा. केके राईलगायतको टोलीले अप्रेसन गरेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

घा’इते राई शारीरिक रूपमा अपांग छन् । उनी बोल्न सक्दैनन् भने हिँडडुल गर्दा खुट्टा लर्बरिने गर्छ । आर्थिक अवस्था कमजोर भएका घाइ’तेको उपचारका लागिजनता समाजवादी पार्टी खोटाङका युवा नेता रविन खम्बूलगायतका छिमेकी तथा शुभेच्छुक आर्थिक सहयोग संकलन अभियानमा जुटेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: March 10th, 2022 at 2:03 pm
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया