सोमबार ३० साउन २०७९

बगैंचा सन्चार हङकङ

हङकङ पोलिटेक्निक विश्वविध्यालयमा विद्यावारिधिका लागि अध्ययनरत डा. मिलन राई उत्कृष्ट २०० युवा वैज्ञानिक छनौटमा परेका छन् ।

हङकङ पोलिटेक्निक विश्वविद्यालयका प्रेसिडेन्ट एवम् वरिष्ठ प्राध्यापक र हङकङ विश्वविद्यालयका पूर्व उपकुलपति एवम प्राध्यापक लगालयत अन्य वरिष्ठ प्राध्यापकहरू रहेको साईन्टिफिक रिभ्यु बोर्डले उत्कृष्ट २०० युवा वैज्ञानिक छनौट गर्दा राई चिकित्साशास्त्र र जीव विज्ञानबाट उत्कृष्ट २०० मा पर्न सफल भएका हुन्।

हङकङ लौरियट फोरम परिषदले विश्वभरिबाट खगोल विज्ञान, चिकित्साशास्त्र र गणितशास्त्र विषयमा अध्ययनरत र विद्यावारिधि सकेका ३५ बर्ष मुनिका युवाहरूबाट आवेदन माग गरेको थियो।

छनौट प्रकिया अनुसार पहिलो चरणमा खगोल विज्ञान, चिकित्साशास्त्र र गणितशास्त्रका वरिष्ठ वैज्ञानिक र प्राध्यापकहरू सम्मिलित साईन्टिफिक रिभ्यु कमिटिले उत्कृष्ट आवेदकहरू छनौट गरेको थियो र पहिलो चरणमा छनौट भएकाहरू मध्येबाट दोस्रो चरणको लागि हङकङ पोलिटेक्निक विश्वविध्यालयका पूर्व प्रेसिडेन्ट एवम् वरिष्ठ प्राध्यापक र हङकङ विश्वविध्यालयका पूर्व उपकुलपति एवम प्राध्यापक लगालयत अन्य वरिष्ठ प्राध्यापकहरू रहेको साईन्टिफिक रिभ्यु बोर्डले उत्कृष्ट २०० युवा वैज्ञानिक छनौट गरेको थियो ।

हङकङ लौरियट फोरम हङकङ सरकारको सहयोगमा यहि बर्षको नोभेम्बर ७ देखि १२ तारिकमा हङकङ साईन्स पार्कमा वैज्ञानिकहरूको सम्मेलन हुनेछ ।

एकहप्ते सम्मेलनमा विश्वविख्यात नोबेल पुरस्कार र स–पुरस्कार लगायत प्रतिष्ठित पुरस्कारबाट सम्मानित विश्वका वरिष्ठ वैज्ञानिकहरूको उपस्थिति रहनेछ।

उक्त विश्वविख्यात नोबेल पुरस्कारबाट सम्मानित विश्वका वरिष्ठ वैज्ञानिकहरूको अगाडि राईले आफ्नो वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

हप्तादिन चल्ने सम्मेलनमा लागेको सबै व्यक्तिगत खर्च आयोजकले व्यहोर्ने भएको छ ।

‘हुने बिरूवाको चिल्लो पात‘ भने जस्तै राई सानैदेखि बिभिन्न बैज्ञानिहरूको जीवनी पढ्न रुचाउँथे । उनि स्कूलमा निक्कै मिहिनेति र मेघावी विद्यार्थी थिए । काठमाण्डौं स्थित बोर्डिंग स्कूलमा अध्ययनरत राईले एसएलसी परिक्षामा ८९ प्रतिशत अंक लिएर उत्कृष्ट श्रेणीमा उतिर्ण भएका थिए । ११ र १२ कक्षासम्म काठमाण्डौमा अध्ययनरत उनी स्नातकतहको अध्ययनका लागि भारत गए र २०२० मा भारतबाट स्नातकतहमा दृष्टि विज्ञानमा गोल्ड मेडलिष्ट बनेका थिए ।

स्नातकतहमा गोल्डमेडलिष्ट विद्यार्थीले मास्टर्सतह अध्ययन नगरि सिधै PhD. अध्ययन गर्न पाउँने प्रावधान भएकोले हाल उनी हङकङ पोलिटेक्निक विश्वविद्यालयमा जलबिन्दु सम्बन्धि वैज्ञानिक प्रोजेक्टमा विद्यावारिधि गर्दैछन् ।

उनले स्नातक तहमा पढ्दै गर्दा विश्व दृष्टि सम्मेलन लगायत भारतको अरू धेरै सम्मेलनमामा कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।

२७ बसन्त पार गरेका राई आमा निरम राई र बुवा रूद्र बहादुर राईको जेष्ठ सुपुत्रको रूपमा काठमाण्डौको जोरपाटी, नारायणटारमा जन्मेका हुन् ।


Last Updated on: March 10th, 2022 at 2:19 pm
५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया