मंगलबार २३ जेठ २०८०

तनहुँ

व्यास नगरपालिका-१२ कमलाबारीमा शनिबार बिहान ट्रक र ग्यासकफ बुलेट ठोक्किँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग्यासको बुलेट सोही दिशातर्फ जाँदै गरेको मकै बोकेको ट्रकसँग ठोक्किँदा दुघटना भएको तनहुँका प्रहरी नायब उपरीक्षक(डीएसपी) युवराज तिमिल्सिनाले बताए ।

दुर्घटनामा मानवीय क्षति भने नभएको तिमिल्सिनाले बताए । ग्यासको बुलेटको ब्रेक फले भएर दुर्घटना भएको पनि उनले बताए ।

दुवै गाडीलाई पन्छाउन क्रेन बोलाइएको छ । राजमार्ग खुल्न केही समय लाग्ने पनि डीएसपी तिमिल्सिना जानकारी दिए ।

ट्रक र ग्यासको बुलेट ठोक्किँदा पृथ्वी राजमार्ग अवरुद्ध

 


Last Updated on: May 30th, 2021 at 12:22 am
४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया