सोमबार ३० साउन २०७९

मलेसियाको विश्वविद्यालयमा कार्यरत नेपाली गार्डलाइ किन समात्यो मलेसिया इमिग्रेशनले

इमिग्रेशन विभागले गत सोमबार काजाङको सेमेनिहमा एक निजी विश्वविद्यालयमा वैध यात्रा कागजात नभएको ३३ विदेशी नागरिकलाई पक्राउ गरेको थियो।

इमिग्रेशन महानिर्देशक दातुक सेरी खैरुल जाइमी दाउदले ३३ विदेशी सफाइ र मालीको रूपमा काम गर्ने २७ इन्डोनेसियाली, चार पाकिस्तानी, एक बंगलादेशी र एक नेपाली रहेको बताए।

मलेशिया इमिग्रेशन को चेक मा पर्दा एक नेपाली सुरक्षा गार्ड बिना भिसा काम गरिरहेको कारण पक्राउ परेका छन् ।

” मलेशिया इमिग्रेशन प्रारम्भिक अनुसन्धानले पत्ता लगायो कि नेपाली गार्ड भिसा मरेको करिब दुई वर्ष भएको र उक्त समय देखि बिना बैध कागजात काम गरिरहेका पाइएको थियो ।

गार्ड संग सोध पुछ गर्दा सेक्युरिटी गार्ड कम्पनी ले भिसा को लागि दर्ता गरेको तर अहिले सम्म इमिग्रेशन बाट कुनै परिणाम न आएको कुरा पत्ता लागेको थियो।

पक्राउ परेका सबै व्यक्तिहरूलाई बुकित जलिल अध्यागमन डिपोमा राखिनेछ र व्यक्तिहरूको ओसारपसार तथा आप्रवासी विरोधी ऐन (एटिप्सोम), अध्यागमन ऐन १९५९/६३, राहदानी ऐन १९६६ र अध्यागमन नियमावली १९६६ अन्तर्गत मुद्दाको अनुसन्धान भइरहेको छ। **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 10th, 2022 at 3:06 pm
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया