सोमबार २३ साउन २०७९

लमजुङ : लमजुङको मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृ त्यु भएको घ टनामा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको भन्दै पी डित परिवारले पुन: सडक अवरुद्ध गरेका छन् । बाइसजाँगरका स्थानीयले बन्द गराएपछि डुम्रे–बेंसीसहर सडक खण्ड बिहीबार साँझबाट अवरुद्ध भएको छ ।

प्रशासनमा बुधबार भएको वार्तामा पी डित पक्षले दिएको उजुरी प्रहरीले लिने र मुद्दा चलाउने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर मृ तकको श व बुझेको पी डित परिवारले बताएको छ ।

तर, उजुरी नै नलिएपछि पुनः आन्दोलन गर्नु परेको पीडित परिवारले बताएका छन् । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका पी डित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका संचालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन पुगेका थिए ।

प्रहरीले उक्त घ टनामा भवितव्य दु र्घटना मुद्दा आकर्षित हुने भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी लिन नमानेको हो । डीएसपी कृष्णबहादुर कार्कीले घ टनाको अवस्था हेर्दा भवितव्य दु र्घटनाको मुद्दा आकर्षित हुने देखिए पनि पी डित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएको र अनुसन्धान हुन्छ भन्दा पनि प्रहरीलाई अविश्वास गरेको बताए । उनका अनुसार स्कुलका संचालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थी प्रहरीको निगरानीमा छन् ।

पीडित परिवारका गणेश श्रेष्ठका अनुसार बुधबार लमजुङ प्रशासनमा भएको छलफलमा पी डितले उजुरी दिने र प्रहरीले मुद्दा चलाउने सहमति भएको थियो । फ्युचर स्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार नदीले बगाउँदा मृ त्यु भएको थियो ।

होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल वार्डेनले पौडी खेल्न लगेको, पौडी खेल्नेक्रममा सनिजलाई अगाडि सारको र होस्टेलमा बसेका छोरालाई मर्स्याङदीमा पौडी खेल्न जान स्कुल संचालकले स्वीकृति दिएको भन्दै पीडितले परिवारले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका हुन् । स्थानीयले प्रदर्शन चर्काउने सूचाना पाएपछि अप्रिय घ टना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ देखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

विद्यालयको लापरबाहीका कारण विद्यार्थीको मृ त्यु भएको भन्दै बाइसजाँगरका स्थानीयले मंगलबार विद्यालयको गेट, २ वटा स्कुल बस र एउटा भ्यानको सिसा तोडफोड गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास, हवाइफायर र लाठीचार्ज गरेका थिए ।


Last Updated on: March 11th, 2022 at 11:08 am
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया