
महामारीका समयमा दैनिक ज्यादारी गरेर खानेहरुको विजोग भएको छ । सामाजिक सजालमा अहिले एक जोडीको भिडियो सार्वजनिक भएको छ । जहाँ युवती गर्भवती छन् ।
उनले दुई दिन देखि खान नपाएको बताउँछिन् । भिडियोमा उनका पति पनि संगै छन् । अस्ती दुई दिन भोकै बस्यौं कुनै उपाय छैन गर्भवती श्रीमतीलाई कसरी जोगाउने ? उनी निकै चिन्तित देखिन्छन् ।
गर्भवती युवती भन्छिन्, निकै पेट दुखेको छ , अलिकति पैसा भए खानेकुरा किन्न हुन्थ्यो । अहिले त यस्तो अवस्था छ सन्तान जन्मिएपछि कसरी हुर्काउने होला ? निकै चिन्ता लागेको छ ।
गर्भवती अवस्थामा पोशिलो खानेकुरा खानुपर्ने अवस्थामा उनले दुई छाक खाना पनि खान पाएकी छैनन् । उनीहरु दैनिक ज्यालादारी गरेर भोक मेटाउने परिवार हो ।
भएको दिन एक छाक खाना बनाउँछौं दुई जनाले बाँडेर खान्छौं । अहिले सम्म कोठामा भएको खानेकुरा सकियो । दुई दिन देखि केही खान पाएका छैनौं त्यही भएर तपाईहरुलाई बोलाएका हौं, हामी अब कसरी बाँच्ने होला ? उनले रुँदै भने । भदौको दोस्रो साता सुत्केरी हुने मिति डाक्टरले दिएको छ ।
काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।
काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।
‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।
एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।
‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।