मंगलबार २३ जेठ २०८०

वैशाख १५ गते । नुवाकोटमा कोरोना सङ्क्रमणका कारण एक शिक्षिकाको मृत्यु भएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ३ स्थित देउराली माविकी शिक्षिका पत्नुकुमारी थोकरको उपचारको क्रममा त्रिशुली अस्पतालमा आज बिहान मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष शान्ती लामाले जानकारी दिनुभएको छ ।

कोरोना सङ्क्रमित शिक्षिका थोकरको स्वास्थ्यमा समस्या देखिएपछी एम्बुलेन्समार्फत त्रिशुली अस्पतालमा ल्याएर इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । इमर्जेन्सीबाट आइसीयुमा अनि तीनदिनदेखी भेन्टीलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको शनिवार बिहान निधन भएको उपाध्यक्ष लामाले वताउनुभयो ।

कोरोना रिपोर्ट पोजेटिभ देखिएका मृतकका श्रीमान स्थानिय समाजसेवी बिगेन्द्र वाईवा तामाङको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यो संगै नुवाकोटमा कोरोना सङ्क्रमणका कारण २२ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लामा अहिले १ हजार २ सय १७ जना सक्रिय सङ्क्रमित रहेको र आजसम्म एकहजार ९ सय २३ जना सङ्क्रमित उपचार पछि निको भएको कार्यालयले जानकारी दिएको छ ।

नुवाकोटको सुर्यगढी गाउँपालिकाका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिशुली अस्पतालमा आज गरिएको पिसिआर परिक्षण्मा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाकारी दिएको छ । यससँगै सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय २ पुगेको छ ।

संक्रमितमध्ये ८९ जना होम आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । सुर्यगढी गाउँपालिकामा अहिलेसम्म ७ सय ७२ जनाको पिसिआर परिक्षण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

अस्पतालमा आज गाउँपालिकाका ९४ जनाको पिसिआर परिक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण देखिएको हो भने ६१ जनाको पिसिआर रिर्पाेट नेगेटिभ आएको हो ।


Last Updated on: May 30th, 2021 at 12:26 am
४३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया