
म यस्तो गीत गाउँछु २ ले राम्रो ब्यापार गरे संगै नायिका तथा निर्मात्री पुजा शर्मा खुशीले फुरुंग छिन् । फिल्मका नायक पल शाह बला त्कार केसमा तानिएको बेला नै फिल्म चल्न थालेको र धेरै नै राम्रो व्यापार गरिरहेको छ। उनी एति खुसी भइन कि पुजा शर्माले लामो समय देखी लुकाएर राखेकी आफ्नो प्रेमी पनि सार्वजनिक गरेकी छिन् । सुरुमा पल धेरै राम्रो मान्छे हो कसरी एस्तो भयो भन्दै रुदै कुरा गरिरहदा पछिल्लो समय फिल्म ले निकैनै राम्रो व्यापार गरि रहदा खुसिले फुरुङ भै रहदा आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।
प्रेमी युद्ध बानियाँसँगका तस्बिरहरू सेयर गर्दै उनले प्रेमबारे खुलेर खुलासा गरेकी हुन् । यसअघि धेरै चर्चा भै रहदा पनि यो कुरालाइ लुकाएकी थिइन। तर अहिले पछिल्लो समय फिल्मको हरेक शो हरुमा युद्ध पुजा संगै देखिने गरेका छन् ।
बिस्तारै यो जोडी बिबाहमा परिणत गर्ने योजना बनायेका छन। उनका प्रेमी हेटौंडाका निर्माण व्यावसायी रहेका छन् । उनी शारीरिक रुपमा एकदमै फिट पनि रहेका छन ।
काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।
काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।
‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।
एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।
‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।