शनिबार २८ साउन २०७९

The Gorkha News/ काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरु नेपालमा वैज्ञानिक समाजवादी प्रणाली लागू गरे सबै नागरिककलाई समान हैसियतमा जिउने अवस्था सिर्जना गर्न संघर्ष गरिरहेको बताएका छन्।

ग्यालेक्सी फोर के टेलिभिजनमा प्रष्ट वक्ता रमेश प्रसाई प्रस्तोता रहेको कार्यक्रम लाल मोहरमा विप्लवले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आफूहरुलाई साथ दिन युवा देखि सबै जनतालाई आह्वान समेत गरेका हुन्।

तपाईहरुले चाहेको वैज्ञानिक समाजवादी व्यवस्था चीनको जस्तो हो अथवा उत्तर कोरियाको जस्तो हो भन्ने प्रस्तोता प्रसाईको प्रश्नको उत्तर दिदै विप्लवले नेपाललाई उत्तर कोरिया जस्तो बनाउन चाहेको बताए।

सबैभन्दा सुविधा भएको देश उत्तर कोरिया भएको दाबी गर्दै विप्लव भन्छन्, उत्तर कोरिया पनि राम्रो छ, म गएर आए, मान्छेहरुले भ्रम फैल्याएका रहेछन् म तपाईलाई भन्छु संसारमा सबैभन्दा धेरै सुविधा भएको देश उत्तर कोरिया हो। त्यसपछि क्युब हो । तपाई जानुस् न एकचोटी हेर्नुस् न।

विप्लव अगाडी थप्छन्, अनि साम्राज्यवादीहरुका रेडियो र टेलिभिजनले फुकेर भ्रम फैलाएको भरमा हुन्छ? उत्तर कोरियामा को मान्छे भोको छ? उत्तर कोरियामा को असमान छ? धनी र गरिबीचको खाडल छैन् त्या । म आफैं गएर आएको छु नि।

दक्षिण कोरियाको भन्दा उत्तर कोरियाको जनता धेरै शक्तिशाली र बलियो रहेको विप्लवको दाबी छ। उत्तर कोरिया आफ्नै ख्ट्टामा उभिएको देश भएको बताउदै उनले दक्षिण कोरिया अमेरिकाको गुलाम (उपनिवेश) भएको आरोप लगाए।

‘दक्षिण कोरियामा ठूलठूला भवनहरु छन् भनेर तपाईले त्यो देश धनि छ भनेर् सोच्न्ुभएको होला तर केही दिन अघि मात्रै सुार्वजनिक भएको एक रिपोर्टले त्यहाका ७५ प्रतिशत युवायुवती डिप्रेशनमा रहेको तथ्य सार्वजनिक भएको छ,’ विप्लव भन्छन्, ‘दक्षिणमा शासन अमेरिकाहरुले गर्छ। एउटा त्यहाँको सामान्य किसानले अमेरिकी राजदुतको गाला ब्लेडले चिरिदिएको सुन्नुभाको छ कि छैन्?’

उत्तर कोरियाबारे बाहिर फिजाईएका सबै भ्रम हुन् त्यहाँ जनताहरुले राम्रो शासन चलाएको उनको ठोकुवा छ। उनले कोभिडमा क्युबा र अमेरिकाको तुलना गर्दै स्वास्थ्य देखि हरेक क्षेत्रमा क्युबा अमेरिका भन्दा राम्रो सुविधासम्पन्न देश भएको दाबी गरे।

त्यसैगरी विप्लवले ५०/ ६० बर्ष पहिले चीन नेपाल भन्दा गरिब रहेको तर अहिले विश्वकै महाशक्ती सम्पन्न देश बनेको बताए। इतिहासका कालखण्डमा चीन आफ्नो पत्नीलाई बेचेर खाने देश भएको बताउदै नेपाल पनि अहिले त्यही दिशातर्फ अगाडी बढेको भन्दै उनले चिन्ता व्यक्त गरे। जनताले वैज्ञानिक समाजवाद नल्याएसम्म नेपाल अझै खाडलतिर भासिने विप्लवको भनाई छ।

हेर्नुहोस यो भिडियो


Last Updated on: March 11th, 2022 at 12:56 pm
२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया