शुक्रबार ०५ आश्विन २०८०

काठमाडौँ । युक्रेनको मारिउपोलमा रुसी आक्रमणबाट मृत्यु भएकाहरुको शवहरूलाई सामूहिक दाहसंस्कार गरिएको छ । आक्रमणमा मारिएकाहरुलाई खाल्डो खनेर सामुहिक रुपमा अन्तिम संस्कार गरिएका तस्वीरहरु सार्बजनिक भएका छन् ।

मारिउपोलमा अहिलेसम्म रुसी आक्रमणबाट १३ सयको मृत्यु भएको शहरका मेयरका सलाहकारले बताएको सिएनएनले उल्लेख गरेको छ ।

रुसी सेनाले अस्पताल विद्यालय र सर्बसाधारणलाई निशाना बनाएर बम खसालेपछि ठुलो संख्यामा ज्यूधनको नोक्सान भएको छ । शहरमा अहिले पनि पानी, बिजुली र ग्याँसको लाइन काटिएको छ भने युक्रेनी पक्षले रुसले मारिउपोलमा अहिले पनि ३ लाख जनतालाई बन्धक बनाएको आरोप लगाएको छ ।

मारिउपोलका उपमेयर, सर्गेई ओर्लोभले सिएनएनलाई भने- ‘वास्तवमा, हामी कतिको मृत्यु भयो भनेर गणना गर्न सक्दैनौं- मेरो मतलब तीन देखि चार गुणा बढी हो । हामी सडकमा कति मानिसहरू बम र तोपखानाले मारिएका छन् भनेर गणना गर्न पनि सक्षम छैनौं । हामीलाई थाहा छैन कति, किनकि हामी सबै शवहरू संकलन गर्न सक्दैनौं र हामी गणना गर्न सक्ने अवस्थामा छैनौं ।’

शवहरूलाई अन्तिम संस्कार गर्न कामदारहरूले एउटा चिहान भित्र ७५ फिट लामो खाडल खनेर गाडिएको उनले बताएका छन् ।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 11th, 2022 at 2:01 pm
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया