बुधबार २० मंसिर २०८०

काठमाडौ । उमेरले २२ वर्ष मात्र टेकेकी थिइन् । कुशुम पहारीको विवाह पनि भएको धेरै समय भएको थिएन । उनीहरुको टिकटकमा निकै रमाइला भिडियोहरु छन् । तर कुशुमको मृत्यु भने निकै दुखद भएको छ । महामारीमा एक पछि अर्का दुखद घटना भएका सुनिएका छन् । तर यो घटना हृदय विदारक छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Make Your Own Product For Your Scalp
Limelight Media

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

सिन्धुपाल्चोक घर भई काठमाण्डौको कालिमाटीमा बस्दै आएका अजय श्रेष्ठले श्रीमती कुशुम पहरीलाई संसारवाटै विदा गरिदिएका हुन् । उनको शव देख्न सकिने अवस्थामा पनि थिएन । विहान साढे ७ वजे वुवालाई फोन आयो त्यती बेला छोरीले गरेकी थिइन् ।

वुढोलाई अलिकति ज्वरो आएको छ के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेकी थिइन् । कुरा गर्दा गर्दै फोन ठ्याक्कै छुटेको थियो । विवाह भएको ९ महिना मात्र भएको थियो ।

९ महिनाको बिचमा छोरी र ज्वाईको बीचमा तीन पटक विवाद भइसकेको थियो । उनले छोरीलाई माइत ल्याएर राखेका थिए । तर श्रीमानले म अब यस्तो गर्दिन म र क्सी खाँदिन भनेर माफी मागेर उनले माइतवाट ल्याएका थिए । तर यसरी संसारवाटै विदा गरिदेलान् भन्ने उनलाई लागेको थिए ।

दिनभरी कालिमाटीमा ब्यापार गर्ने राती घर आएपछि श्रीमानले जहिले पनि दुख दिन्थे । भर्खर लाउँ खाउँ उमेरकी छोरीलाई ज्वाईले सिध्याइदिएपछि बुवा आमा विह्वल भएका छन् । प्रहरीले घटनाको अनुसन्धान निष्पक्ष गरेको अभिभावको भनाई छ ।

घटना भएपछि अजयले आफ्ना भाईलाई फोन गरेका थिए । फोन गरेर कुशुमलाई मैले सिध्याएँ प्रहरी लिएर आइज भनेका थिए । जहिले पनि जिस्किएर त्यस्तै कुरा गर्ने गर्थे । त्यसैले उनलाई विश्वास लागेन ।

उनले अरुलाई कोठामा गएर हेर्नु त अजयले मलाई यस्तो भनेर फोन गरेको छ भनेर साथीलाई पठाएको बताए । साथीहरु जाँदा भित्रवाट ढोका लगाएर अजय भित्रै बसेका थिए । घटना भएको थाहा भएपछि भाइहरुले नै प्रहरी लिएर गएका थिए ।


Last Updated on: May 30th, 2021 at 12:41 am
१८३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया