सोमबार ३० साउन २०७९

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सदस्यता नलिने घोषणा गरेका छन् । नेटोको सदस्यता लिने जेलेन्स्कीको तयारीपछि रुष्ट रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेको थियो । करिब दुई साता लामो यु”द्धका क्रममा ठूलो धनजनको क्षति भएको छ ।

रुसी आक्र”मणका कारण सयौं सर्वसाधारण र सैनिकको ज्या”न गएको छ भने २२ लाखभन्दा बढी युक्रेनीले देश छाडेका संयुक्त राष्ट्रसंघले जनाएको छ । १४ दिनदेखि जारी आ”क्रमणका क्रममा रुसले युक्रेनको

खर्किभ सहरमाथि पूर्ण नियन्त्रण कायम गरिसकेको छ भने अन्य प्रमुख सहरमा आक्र”मण तीव्र पारेको छ । पछिल्ला दिनमा रुसले युक्रेनको राजधानी किभसँगै मरिउपोल, भोल्नोभाख, ओडेसा लगायतका सहरलाई लक्ष्य गर्दै बमबारी गर्दै आएको छ ।

देशको स्थिति थप बिग्रँदै गएपछि युक्रेनका राष्ट्रपति जेलेन्स्की आफ्नो अडान त्याग्न बाध्य भएका हुन् । त्यसमाथि रुसले युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई निकाल्नका लागि बुधबार १२ घण्टाका लागि संघर्षविराम गरेपछि जेलेन्स्की थप झस्केका छन् ।

राजधानी किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागमा अस्थायी युद्धविराम गरेको रुसले आ”क्रमण कडा पार्ने लगभग निश्चित देखिएको छ । जसका कारण जेलेन्स्कीले रुसलाई शान्त पार्नका नेटो सदस्यता नलिने घोषणा गरेको ठानिएको छ ।

‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्न, जो घुँडा टेकेर केही मागिरहेको होस्,’ नेटोलाई लक्ष्य गर्दै जेलेन्स्कीले भनेका छन् ।

रुसले आक्रमण थालेसँगै पश्चिमा देशहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएका छन् । तर पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन टसमस भएका छैनन् । उनले आफ्नो सेनाले लक्ष्य प्राप्ति गरेरै छाड्ने र त्यसका लागि रुसी सेना सफल हुने बताउँदै आएका छन् ।

पुटिनले बारम्बार ‘आफ्नो देशको स्वार्थ र सुरक्षाका विषयमा कसैसँग कुनै पनि सम्झौता नहुने’ बताउँदै आएका कारण पनि जेलेन्स्की लचिलो हुन बाध्य भएका हुन् । पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्सकलाई फेब्रुअरी २४ मा रुसले स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘रुसी अतिक्रमण सुरु भएको’ बताएका थिए ।

त्यसलगत्तै राष्ट्रपति पुटिनले ‘रुस प्रत्यक्ष र इमानदार वार्ताका लागि सधैं तयार रहेको तर रुसको सुरक्षाका मामिलामा पछि नहट्ने’ कडा प्रतिक्रिया दिएका थिए ।


Last Updated on: March 11th, 2022 at 2:33 pm
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया