
पछिल्लो समय मा सामाजिक संजाल टिकटक मा एक भिडियो धेरै नै भाइरल भयो। जुन भिडियो थियो कि एक स्कुल मा एक शिक्षिका को बिदाई गरेको भिडियो। सबैको प्यारी मिस ले स्कुल छोडेर जादा त्यस स्कुल मा भएका शिक्षक शिक्षिका लगायत सम्पूर्ण बिद्यार्थी हरुको रुवाबासी नै चल्यो।
बाके जिल्लाको राप्ती सोनरि गाउपालिका २ मधेवा घर भएकी भाइरल शिक्षिका हिरा सिंजाली मिस मिडियामा आउनुभएको छ। उहा त्यहाँ को स्कुल मा पढाउन लागेको पनि ३ बर्ष भएको रहेछ। अहिले भने त्यस स्कुल बाट बिदा भएर अस्ट्रेलिया जान लागे पछि स्कुल ले बिदाई गरेको रहेछ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।
काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।
‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।
एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।
‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।