सोमबार ३० साउन २०७९

किभ । युक्रेनले शुक्रवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेर्नोविल आणविक भट्टीमा आतंककारी आक्रमण गर्नका लागि आदेश दिएको दावी गरेको छ ।

सन् १९८६ मा दुर्घटनामा परेको चेर्नोविल भट्टीको साइटमा मुख्य विद्युतीय आपुर्ति बन्द भएको छ । त्यहाँ रुसी आक्रमणमा विस्फोट भएर क्षति पुगेपछि विश्व नै स्तब्ध भएको थियो ।

युक्रेनी सरकारी निकायले रुसी फौजले त्यहाँ अक्रमण गरी मुलुकमा ब्ल्याक आउट गर्न खोजेको आरोप लगाउनुका साथै क्षतिग्रस्त भागबाट रेडियोधर्मी विकिरण चुहावट हुनसक्ने चेतावनी दिएको छ ।

युक्रेनी राष्ट्रिय आपतकालिन सेवा निकायले खर्चिएको आणविक इन्धनलाई सुरक्षित ढंगले पानीले घेरेर राख्ने भट्टीको चिस्यान प्रणालीको बिद्युत आपुर्ति सुनिश्चित नगरिएको खण्डमा त्यसले सिर्जना गर्ने ‘रेडियोधर्मी बादल’ युक्रेन, बेलारुस , रुस र युरोपका आकासमा फैलिने चेतावनी दिएको छ ।

तर संयुक्त राष्ट्र संघको विश्वव्यापी आणविक पहरेदार निकाय आइएइएले भने खर्चिएको इन्धन पुरानो भएको र चिस्यान टैंकमा यसको वरपर प्रशस्त पानी भएकाले रेडियोधर्मी विकिरण चुहिने सम्भावना कम रहेको बताएको छ ।

रुसले बिहीबार नै बेलारुसबाट युक्रेन पुगेको इन्जिनियरहरुको एक टोलिले त्यहाँ बिद्युत आपुर्ति सुचारु गरिसकेको दाबी गरेको थियो । तर आईएइए र युक्रेनी सरकारी अधिकारीहरुले अझै मर्मतको काम भइनै रहेको बताएका छन् ।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 12th, 2022 at 4:45 pm
९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया