सोमबार ३० साउन २०७९

दाङका हरिचन्द्र गिरी ७-८ बर्ष देखिनै हातले टेकेर लामो समय उभिन र हिड्न सक्थे |

त्यो कला उनले निखार्दै लागे |अहिले उनि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका छन् |हातले भुईमा टेकेर भर्‍याङका खुड्किला पार गर्ने विधामा आफ्नो नाम राखेका छन् |हातले टेकेर भर्‍याङको ५० ओटा खुड्किला पार गर्ने बिस्वकै सबै भन्दा कम समयमा गरेर आफ्नो र देशको नाम बिस्वमा राखेका छन् |

यो भन्दा अगाडीको रेकर्ड स्विजरल्याण्डका केभिन डेलकोको नाम मा थियो | उनले पहिला १४.५८ सेकेन्डमा पार गरेर रेकर्ड उनको नाममा थियो भने अहिले हरिचन्द्र गिरीले १२.६५ सेकेन्डमा पार गरेर त्यो रेकर्ड आफ्नो नाममा कायम गरेका छन्|

गाउघरमा सबैले उनलाई उल्तोगरी हिड्ने मान्छे भनेर चिन्दछन गिरि अहिले नेपाली सेनामा सिपाही पदमा कार्यरत छन् | हेर्नुहोस् उनले किर्तिमान राखेको भिडियो

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 13th, 2022 at 10:56 am
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया