आइतबार १४ आश्विन २०८०

काठमाडौ । धुमधामसंग विवाह गरेर पैसा कमाउन भन्दै विदेश गएका एक पुरुषका श्रीमतिलाई ससुरालीले धुमधामसंग फेरी अर्कैसंग विवाह गरिदिए । रुपन्देहीको भैरहवामा यस्तो घटना भएको हो । उनी मलेसिया गएपछि श्रीमतिलाई विदेशवाट पैसा पठाउँथे । ससुरालीको घर पनि उनले नै बनाइदिएको बताउँछन् ।
म मलेसिया गएपछि श्रीमति माइत गएर बसिन्, ससुरालीले घर बनाउँदै थिए । त्यसका लागि पनि मैले मलेसियावाट पैसा पठाए । तर घर बनाएर सकेपछि श्रीमतिलाई ससुरालीले नै छोरीको विवाह अर्कैसंग गरिदिए ।

रविन कुमार विश्वकर्मा अहिले नेपाल फर्किएका छन् ।
रविनले मलेसियावाट नेपाल फर्केपछि पनि प्रहरीकहाँ आफु अन्यायमा परे भनेर पुगेको भएपनि प्रहरीले न्याय नदिएको बताएका छन् । त्यसपछि उनी अहिले मिडियामा सो घटना सार्वजनिक गर्दै आएका छन् । तीन वर्ष अघि मन्दिरमा गएर गैडाकोट नगरपालिका धारापानीकी युवतीसंग विवाह गरेको बताएका छन् ।
विवाह पछि उनले पढाई छोडेर सिलाई सिक्न भनेर माइत बसेको उनको भनाई छ । मलेसियावाट आएपछि श्रीमति लिन जाँदा ससुरालीले छोरी पठाएनन् । उनले ससुराकै नाममा पैसा पठाएको रसिद पनि प्रमाणका रुपमा राखेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

Make Your Own Product For Your Scalp
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

श्रीमतिको गोर्खामा रहेको केटासंग प्रेम भएको र घर सल्लाहमै विवाह गराईदिएको आफुले थाहा पाएको बताएका छन् । श्रीमतिले विवाहमा आफुले दिएको गहना, ससुरालीको घर बनाउन भन्दै दिएको पैसा केही पनि फिर्ता नदिएको बताएका छन् ।श्रीमतिलाई माइतमै बसेको भएपनि मलेसियावाट खर्चका लागि भनेर पैसा पठाएको बताएका छन् । मलेसियामा हुँदा फोनमा हरेक दिन कुरा समेत हुने गरेको बताएका छन् । त्यतीबेला भने श्रीमतिले त्यस्तो नराम्रो कुरा केही नगरेको बताएका छन् । गएको मंसिरमा विवाह भएको थाहा पाएको र फेसवुकमा आफ्नै श्रीमतिको अर्कैसंग विवाह भएको फोटो पनि देखेको बताएका छन् ।


Last Updated on: May 30th, 2021 at 1:01 am
४१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया