
सुजुकी गाडीको आधिकारिक डिलर नारायणी अटो बिजनेसले सात दिने ‘मेघा होली एक्सचेन्ज अफर’ सञ्चालनमा ल्याएको छ।
फागु पूर्णिमाको अवसर पारेर फाल्गुन २७ (आज) देखि चैत ४ गतेसम्म उक्त अफर सञ्चालन हुने नारायणी अटोका सेल्स हेड प्रज्वल घिमिरेले केटिएम दैनिकलाई बताए ।
ग्राहकहरूले आफ्नो पुरानो गाडीहरूसँग नयाँ सुजुकी गाडी साट्न सक्नेछन् । ग्राहकले किन्ने नयाँ गाडी हेरेर ३० हजार सम्म नगद छुट र ७० हजारसम्मको एक्सचेन्ज बोनस पाउने घिमिरेले बताए।
यो अफर ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको आधिकारिक डिलर नारायणी अटो बिजनेसमा मात्र उपलब्ध हुनेछ ।
नारायणी अटो बिजनेस विगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा सेवा प्रदान गरिरहेको संस्था हो ।
काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।
काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।
‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।
एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।
‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।