बुधबार २५ साउन २०७९

कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो ।

१५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ । कंगोमा लामो दुरीको यात्राका लागि सडक पूर्वाधार नभएका कारण रेल यात्रा बाध्यकारी छ । जसका कारण वर्षेनी रेल दुर्घटना हुने गरेको छ ।

गत अक्टोबरमा मात्रै सोही प्रान्तमा भएको रेल दुर्घटनामा ९ जनाको मृत्यु भएकोथियो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 13th, 2022 at 11:33 am
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया