बुधबार २५ साउन २०७९

२६ फागुन, काठमाडौँ । कार्यालयमा हाजिर नहुने दुई प्रहरीलाई गृहमन्त्रालयले स्पष्टीकरण सोधेको छ । नेपाल प्रहरीका प्राविधिकतर्फका प्रहरी निरीक्षक (इन्स्पेक्टर)द्वय विशालजंग ठकुरी र कार्तिकेश झालाई गृहमन्त्रालयको प्रहरी कर्मचारी महाशाखाले सात दिनभित्र कार्यालयमा उपस्थित नहुनुको कारण उल्लेख गरेर स्पष्टीकरण दिन भनेको हो ।

ठकुरी प्रहरी अस्पतालमा र झा प्रहरी विधि विधान प्रयोगशालामा कार्यरत छन् । प्रहरी स्रोतका अनुसार ठकुरी ८ कात्तिकदेखि र झा २२ कात्तिकदेखि जानकारीबिना नै कार्यालय गएका छैनन् । गृहले सात दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित नभए सेवाबाट हटाउने चेतावनी पनि दिएको बताइएको छ ।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 13th, 2022 at 11:38 am
७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया