शनिबार २८ साउन २०७९

विराटनगर २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज गरे सरकार छाडेर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

व्याख्यात्मक घोषणा सहितको एमसीसीको बहस गर्न आफ्नै पार्टीमा बाँकी रहेको बताएका उनले व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिएका हुन्’व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् ‘ उनले भने ।

उनले बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी छाडेर एमाले प्रवेश गर्नेमाथि पनि कडा टिप्पणी गरेका छन् । एमसीसी संसद पास भयो भन्दै पार्टी छाडेर एमालेका गएको भन्दै उनले एमसीसीको विरोध गर्ने कहाँ गएको विरोध गरेको नि अर्थ हुने बताएका छन् ।

‘जानु नि बरु किरणजी, विप्लवकहाँ । नभए नारायणमान विजुक्छे कहाँ जानू ।’,संसदमा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान विजुक्छेजीको पार्टीको प्रेम सुवालले गर्नुभएको छ । त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्छ ।’ प्रचण्डले भने ।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 13th, 2022 at 1:26 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया