बुधबार २५ साउन २०७९

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले महाकाली सन्धीको पक्षमा विगतमा भएको निर्णय गम्भीर र ऐतिहासिक गल्ती प्रमाणित भएको बताएका छन् । उनले विगतको उक्त कदम गल्ती थियो भनी पार्टीले निर्णय गर्नुपर्ने माग गरेका छन् ।

हिजो बसेको स्थायी कमिटि बैठकमा बोल्दै गौतमले महाकाली सन्धी गर्दा मुहान लिम्पियाधुरा तय हुनुपर्छ अनिमात्र सन्धी गर्नुपर्छ भन्दा कारबाही गरिएको घटना स्मरण गराउँदै आत्मालोचना गर्न सन्धीका पक्षधरलाई आग्रह समेत गरे ।

‘मलगायत १६ जना कमरेडहरुले महाकाली सन्धी गर्दा नदीको मुहान तय गर्नुपर्छ भन्दा कारबाही गरेर अन्याय गरिएको थियो,’ गौतमको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, जो जो सन्धीको पक्षधर थिए उनीहरुले पनि त्यसको समिक्षा गरी आत्मालोचना गर्नुपर्छ ।

गौतमले कडा रुपमा प्रस्तुत हुँदै इतिहासको घटनाको व्याख्या गरे । उनले पार्टी समेत विभाजन भएको कारण महाकाली सन्धी भएको बताए । गौतमले महाकाली सन्धीको विषयमा बोल्दा बैठकमा माहोल नै फरक भएको थियो ।

अहिले भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद उठ्दा महाकाली सन्धी फेरि स्मरणमा आएको छ । २५ वर्ष अघि भएको सन्धीको पक्षमा तत्कालिन नेकपा एमालेका नेता तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सक्रियता देखाएका थिए ।

२९ माघ २०५२ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तत्कालिन प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धी भएको थियो । उक्त सन्धीलाई संसदले ४ असोज २०५३ मा दुई तिहाईले पारित गरेको थियो । सन्धीको विपक्षमा रहेको समुहको नेतृत्व गौतमले गरेका थिए ।

पछि पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरुमाथि कारबाही भएको थियो । पछि गौतम महासचिव र साहना प्रधान अध्यक्ष बनेर नेकपा माले गठन भएको थियो ।

‘महाकाली सन्धिमा गुप्त खेलका डिजाइनर केपी ओली थिए’

एमाले यसरी फुट्यो, अनि यसरी जोडियो

राधाकृष्ण मैनाली

काठमाडौ

महाकाली सन्धिको विरोधमा जाँदा अन्ततः पार्टी फुट्छ भनेर मैले धेरैपटक साथीहरूसँग कहेँ । राष्ट्रवाद र राष्ट्रघातजस्तो गम्भीर विषय उठिसकेपछि पार्टी एक ढिक्का भइरहन गाह्रो पर्नु स्वाभाविकै हो ।

नेपालगञ्जमा हुन गइरहेको छैटौं महाधिवेशनको मिति नजिकिँदै थियो । मैले माधवकुमार नेपालसँग महाकालीको मुद्दा उक्त महाधिवेशनमा ल्याउँदा पार्टी फुट्छ भनेर ठोकुवा गरेको थिएँ । त्यसैले महाधिवेशनमा महाकालीको मुद्दालाई मुख्य मुद्दा नबनाउन आग्रह गरें ।

फरक मत राख्ने साथीहरूसँग म कुरा गर्छुसम्म भनेको थिएँ, माधवसँग । केन्द्रीय समितिको संख्यामा मिलाएर भए पनि महाकाली सन्धिको मुद्दालाई महाधिवेशनमा मूल विषय नबनाउन पटक-पटक प्रस्ताव गरें । मेरो अर्को भनाइ थियो, ‘फरकमत राख्ने साथीहरू कसैलाई पनि केन्द्रीय सदस्यबाट कसैलाई नहटाऊँ । बरू त्यसका लागि केन्द्रीय सदस्य संख्या केही बढाऊँ ।’

माधव नेपालले महाधिवेशनमा आफूलाई बलियो ठाने र महाकाली सन्धिको विषयलाई मुख्य मुद्दाको हैसियत दिए । मलाई लाग्छ, यो गुप्त खेलका डिजाइनर केपी ओली थिए

तर बहुमतले निर्णय गरिसकेको विषय भएकाले माधवले महाधिवेशनमा आफूलाई बलियो ठाने र यो विषयलाई मुख्य मुद्दाको हैसियत दिए । त्यति मात्र होइन, माधवले केन्द्रीय सदस्य संख्या स्वात्तै कटाएर असहमत पक्षका आठ जनालाई मात्रै केन्द्रीय कमिटीमा ल्याउने प्रस्ताव गरे ।

मलाई लाग्छ, यो गुप्त खेलका डिजाइनर केपी ओली थिए । केपीको खेलका सामु माधवको अल्पदृष्टि निर्णायक मोड बन्यो । मैले भनेको नमान्नेलाई तह लगाइदिन्छु भन्ने सोचबाट माधव अघि बढे र औपचारिक रुपमा पार्टी विभाजन भयो, ०५४ साल फागुन २१ गते ।

वामदेव र सीपीबीच खटपट, फेरि पार्टी एकता

पार्टी दुई फ्याक भएपछि एमालेलाई घाटा त भयो नै, नयाँ पार्टी मालेसमेत जन्मजातै रोगायो । मालेका शीर्षस्थ नेताद्वय सीपी र वामदेवबीच सुरूमै समस्या देखियो ।


Last Updated on: March 14th, 2022 at 10:41 am
४१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया