सोमबार ३० साउन २०७९

ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका छात्र रोचक श्रेष्ठ नेपाल टपर भएका छन्। विद्यालयका कक्षा ११ र १२ उतीर्ण भई गएका विद्यार्थी रोचक चाटर्ड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन्।

ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीका अनुसार रोचकले विद्यालयमा विज्ञान संकाय अध्ययन गरेका थिए।

उनका अनुसार रोचक शैशिक्ष सत्र २०७३/०७४ का ब्याच हुन्। रोचक स्कुलका पनि उत्कृष्ट अध्ययन गर्ने विद्यार्थीको रुपमा रहेको किसीले सुनाए।

भक्तपुर नगरपालिका वडा नं १ निवासी रोचकले सीए क्याप ३ परीक्षाको रिजल्टमा आफू नेपाल टपर हुन सकेको भन्दै खुशी व्यक्त गरे। उनले सीए क्याप ३ वर्षको परीक्षा स्वअध्ययन गनुपर्ने वर्ष भएको पनि सुनाए।

रोचक भक्तपुर नगरपालिका वडा नं १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठका सुपुत्र हुन्। सूर्यप्रसाद स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट वडा सदस्यमा उम्मेदबारी दिई विजयी भएका थिए। सूर्यप्रसादका दुई सुपुत्रमध्ये रोचक कान्छो सुपत्र हुन्।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 14th, 2022 at 10:48 am
२६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया