शनिबार २८ साउन २०७९

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई काँधमा बोकेर नहिँड्ने विश्वास व्यक्त गरेका छन् ।

बिडारीले भने, “महाभियोग प्रस्ताव सिफारिस समितिले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको प्रमाण र आधार पेश गरेको स्थितिमा नेकपा एमालेले उहाँलाई जोगाउँछु भन्न मिल्दैन । यस्ता गन्हाएको चोलेन्द्रशमशेरलाई काँधमा बोकेर हिँड्दा जनताले के भन्लान् ?

संविधानको धारा १०१ को प्रक्रिया पूरा गरी महाभियोग पारित भए उहाँ खोटो मान्छे साबित हुनुहुन्छ । त्यसैले आजको मितिसम्म हामी राजीनामा गर्नुमै कल्याण देख्छौं ।माओवादी केन्द्रका नेता बिडारीले जनमुक्ति सेनालाई बदनाम गर्ने प्रकाश सपुत कपुत भएको आरोप पनि लगाए । उनले भने, “म गीत भिडियो हेर्ने मान्छे परिनँ ।

प्रकाश सपुतले कसैको चरित्र हत्या गर्न खोजेका हुन् भने उनलाई मुलुकको फौजदारी संहिता र प्रचलित कानुन अनुसार कठघरामा उभ्याउन सकिन्छ । जनमुक्ति सेनाका कारण नै आज उनले फुर्ति लगाएर हिँड्न पाएका हुन्, बोल्न र गाउन पाएका हुन् । जसले अधिकार दियो, उसैलाई बदनाम गर्न खोज्ने कपुत बन्न हुन्छ ?

उनले म्युजिक भिडियो हटाए भने प्रकाश सपुतलाई एक पटकका लागि माफी दिन सकिने पनि बताए । बिडारीले थपे, “प्रकाश सपुत सर्जक हो । गल्ती भो भनेर युट्युबबाट हटाए भने एकपटकका लागि माफी दिन सकिन्छ । तर यो मेरो फाइनल कुरा होइन ।

यसमा प्रकाश सपुत फसेको जस्तो लाग्छ । उनले समयमै बेठीक दृश्य हटाएर जनमुक्ति सेनालाई लाल सलाम गर्नुपर्छ ।माओवादी लडाकुको व्यवस्थापन गर्ने वातावरण बन्नुपर्ने उनले औंल्याए । उनले भने, “अहिलेसम्म माओवादीले एक्लै सरकार चलाउन पाएको छैन । अब एकपटक एकलौटी जिताउने हो भने हामी कसरी सरकार चलाउँछौं, त्यो देखाउँछौं ।साभार:repotersnepal


Last Updated on: March 14th, 2022 at 11:53 am
२७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया