सोमबार २३ साउन २०७९

स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरु भएको छ । स्थानीय निर्वाचनको लागि १ लाख म्यादी प्रहरीको चैत्रमा आवदेन खुलाउने तयारी गरिरहेको छ ।मतदान केन्द्र अनुसार सम्बन्धित जिल्लाहरुले म्यादी प्रहरी भर्ना गर्ने जनाइएको छ ।

चुनावको लागि म्यादी प्रहरी ४० दिनका लागिभर्ना गरिने छ । म्यादीको लागि नै ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले छुट्टाएको छ । ४० दिन भर्ना हुने म्यादी प्रहरीले तलब–भत्तासहित ४३ हजार रुपैयाँ पाउनेछन् ।म्यादी प्रहरीका लागि नेपाली सेना, सस्शत्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएकाहरुलाई पहिलो प्राथमिकता दिने जनाइएको छ ।

त्यस्तै, दोस्रोमा पुर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छाडेकाहरु र तेस्रो प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेका वा अनुभव भएकाहरु पर्छन् ।साभार:repotersnepal

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।

 


Last Updated on: March 14th, 2022 at 4:48 pm
१३०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया