सोमबार २३ साउन २०७९

सुर्खेत- शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दियका छन् ।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 15th, 2022 at 10:53 am
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया