शनिबार २८ साउन २०७९

काठमाडौं-अभिनेता पल शाहले प्रहरी समक्ष नाबालिगलाई गुड् नाइट भन्न ढोकाढक्ढ्काएको बयान दिएका छन् । कावासोतीस्थित सरकारी वकिलसमक्ष ब ला त्कार गरेको अस्वीकार गर्दै यस्तो बयान दिएका हुन् ।

सुटिङमा क्रममा यहाँ भेटिएका हौँ । राति सुत्ने बेला म गुड नाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । ज बरजस्ती गरेको होइन उनले भने ।

होटेलको १०१ नम्बर कोठामा आफू र गायिका १०२ नम्बर कोठामा बसेको पलले बताएका छन् घटनामा जोडिएका अन्यसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ । यसै बिच अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत गत शुक्रवार पक्राउ गरेको थियो ।

पल विरुद्ध फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले ज बरजस्ती क रणीको मुद्दामा जाहेरी परेको थियो । पल विरुद्ध अनुस’न्धान गर्न जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ ।


Last Updated on: March 15th, 2022 at 11:09 am
७४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया