बुधबार २५ साउन २०७९

काठमाण्डाै – रामेछापमा आ ग ला गी मा  परेर अपाङ्गता भएकी एक किशोरीको ज्यान गएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वर बस्ने १८ वर्षकी मिनकुमारी मगरको ज्यान गएको प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो । ज्यान गुमाएकी मगर हिँडडुल गर्न र बोल्नसमेत नसक्ने हुनुहुन्थ्यो । आ ग ला गी बाट गोठ पूरै जलेको प्रहरीले जनाएको छ ।

डीएसपी राजकुमार थिङ’का अनुसार दिउँसाे मगर गोठमा एक्लै रहेका बेला आ ग ला गी  भएको थियो । आमा चन्द्रकुमारी मगर बाख्रालाई खोले बसालेर खेतबारीमा काम गर्न गएका बेला गोठमा आ गो स ल्किएको डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।

 


Last Updated on: March 15th, 2022 at 11:16 am
७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया