सोमबार ३० साउन २०७९

दमौली ।

तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आइतबार भएको दु’र्घटनामा एकै टोलका तीनको मृ’त्यु भएपछि उक्त टोल शो’कमा डु’बेको छ ।

मुग्लिङबाट ऑबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जॉदै गरेको ग३च ६०१२ नम्बरको टाटा सुमो ठ’क्कर खॉदा टाटा सुमोमा सवार शुक्लागण्डकी नगरपालिका-८ गणेशटोलका तीनको मृ’त्यु भएको हो ।दु’र्घटनामा एकै टोलका

तीनको मृ’त्यु भएपछि सिङ्गो वडा शो’कमा परेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए। दु’र्घटनामा उक्त टोल निवासी रुद्रबहादुर सेन ठकुरी, लक्ष्मी खॉड ठकुरी र ओमप्रकाश गुरुङ (सोम) को मृ’त्यु भएको छ। मृतकमध्ये रुद्रबहादुर नेपाली काङ्ग्रेस तनहुँका पूर्व सदस्य हुन् भने लक्ष्मी क्रियाशील सदस्य हुन् ।

ओमप्रकाश टाटा सुमोका धनी एवं चालक हुन् ।दु’र्घटनामा दश जना घा’इते भएकामा सबै खतरामु’क्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 15th, 2022 at 11:21 am
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया