
काठमाण्डौ । सुन्दापनि निकै नै अचम्म लाग्ने एउटा यस्तो घटना जो नेपालमै घटेको छ । जुन घटना सुन्दा पत्याउनै गाह्रो हुन्छ । आफ्नै सम्धिद्धार सम्धिनी झण्ड दुई दशकदेखि क र णी हुँदै आएकी छन् ।
यो कुरा कति मात्रामा साँचो हो होइन त्यो भने बेग्लै पाटो हो । तर ‘मलाई २०५८ सालदेखि मेरै सम्धिले क र णी गरिरहेका छन् ।’ भनेर रुँदै मिडियामा नै आफु क र णी भएको कुरा यदि कसैले सुनाउँछ भने त्यो विषय सोंचनिय र ग’म्भिर बनिदिन्छ ।
आफुलाई आफ्नै सम्धिबाट पिडित महिलाको भनाई अुनसार ती महिलालाई शुरुमा गाउँमा गएको बेला उनका सम्धिले क र णी गरेका रहेछन् । त्यसदिन देखिको क र णीको शिलशिला आज झण्डै २ दशक हुन लाग्दासम्म पनि निरन्तर नै चलिरहेको रहेछ ।
ती महिलाको भनाई अनुसार आफुले यो कुरा शुरुमै सबै इज्जतलाई दाउमा राखेर भनेको र सार्वजनिक गरेको बताएकी छन् । तर उनको कुरामा कसैले ध्यान नदिएको पनि उनले गुनासो गरिन् ।
उनको २ छोरी र १ छोरा छन् । आफ्ना कुरा सुनाउँदा उनले मुखलाई माक्स लगाएर छोपेकी छन् । उनको भनाई अुनसार उनको सम्धिलाई यस्तो नीच हरकत गर्ने साहास सम्धिबाट पाएका हुन् रे ।
ती महिलाको श्रीमानले अर्की बिहे गरेर उनलाई एक्लै बनाएपछि एक्लो महिला देखेर सम्धिले त्यस्तो नीच र आ’प’राधिक हरकत गरेको कुरा उनले बताईन् ।
उनलाई सम्धिले क र णी गर्दै गरेको त उनैको जेठी छोरीले पनि देखेको बताएकी छन् । यस्ता कुराहरु भनिरहदा उनी निकै नै भक्कानिन् ।:[][]
काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।
काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।
‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।
एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।
‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।