शुक्रबार ०५ आश्विन २०८०

काठमाडौं ३० फागुन । आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने दुई जनालाई फरक फरक स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ सौडियार घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार महेशलाई काठमाडौंबाट र राजेन्द्रलाई दाङबाट पक्राउ गरिएको हो ।

निजहरुले गत बुधबार राति साढे ८ बजेतिर चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन सञ्चालक ३४ वर्षीय व्यवसायी तथा भारतीय नागरिक अमोल भोस्लेको आँखामा खर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए ।

निजहरुले पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन लुटपाट गरेका थिए ।काठमाडौं ३० फागुन । आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने दुई जनालाई फरक फरक स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ सौडियार घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार महेशलाई काठमाडौंबाट र राजेन्द्रलाई दाङबाट पक्राउ गरिएको हो ।

निजहरुले गत बुधबार राति साढे ८ बजेतिर चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन सञ्चालक ३४ वर्षीय व्यवसायी तथा भारतीय नागरिक अमोल भोस्लेको आँखामा खर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए ।

निजहरुले पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन लुटपाट गरेका थिए ।


Last Updated on: March 15th, 2022 at 12:44 pm
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया