शनिबार २८ साउन २०७९

केही मान्छेहरु यस्ता हुन्छ जसको आफ्नै कारणले सबै बर्बाद भइरहेको हुन्छ तर दोष भने अर्कालाई दिएका हुन्छन्, दोष दिनका लागि मात्रै नभएर उनीहरुलाई लाग्छ कि म पुरै निर्दोष छु । अरुले नै मलाई बर्बाद पारे ।

नपलपरासी बर्दघाट ४ शान्तिटोलका रिखिराम अधिकारीले पहिले श्रीमती हराउँदा गरेको हार गुहार र आज श्रीमती फर्केर सबै पोल खुलेपछि मुख देखाउन पनि लाज मानेको अवस्थाले यस्तै कुराको भान हुन्छ ।

रिखिरामले फोन गरेर मिडिया बोलाएर भनेका थिए मेरी श्रीमती १६ लाख छिमेकीको ऋण खाएर भकारोको १ लाख २० हजारमा किनेको भैसीलाई समेत ६० हजारमा बेचेर हराइ, श्रीमतीले मलाई बर्बाद पारी ।

मिडियामा उनको दुख र गुनासालाई समेटेर हराएकी पुजा अधिकारीको खोजीको लागि भिडियो निर्माण गरेर प्रसारण गरेपछि पुजा अधिकारी सम्पर्कमा आइन र अहिले घरै फर्कि सकेकी छन् ।

उनी फर्कसँगै पुजाले घर छोड्नुको रहश्य खुलेको छ । उनीले गरेको कुरा अनुसार घर छोडेर हिन्ने सबै महिला गलतै हुन्छन् भन्ने पनि छैन भन्ने एकातर्फ आभाष हुन्छ भने, श्रीमानलाई पटक पटक माफी दिएको बताउने पुजाका कुराले रिखिको बदनियत प्रति प्रसस्तै शंका उठ्छ ।

यो अवधिमा रिखिरामकी जेठी श्रीमती समेत मिडियाको सम्पर्कमा आएपछि रिखिरामका हर्कतको समेत पर्दाफास भएको छ । दुइ वटी बिहे गरेको बताएका रिखीका खासमा ४ वटी श्रीमती रहेछन् । पुजा कान्छी रहेछिन भने अहिले रिखिसँग भएका २ छोरीकी आमा साइली रहेछीन् ।

माइली श्रीमतीबाट सन्तान नभएको अहिले बताउने रिखिरामकी जेठी श्रीमती २ छोरी र एक छोरा सहित झण्डै १५, १६ वर्षदेखि माइती घरमै बसेको कुरा भिडियोमा सार्वजनिक भएको छ ।

श्रीमतीहरु बिहे गर्दै छोड्दै बच्चासहित अलपत्र पार्दै हिडेका रिखिराम र कान्छी श्रीमतीसँग गरिएको कुराकानीको यो पुरा भिडियो हेर्नु होला ।[][]

 


Last Updated on: March 15th, 2022 at 1:53 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया