सोमबार ३० साउन २०७९

झापा । झापा गोल्डकप आयोजक समितिले झापा ११ एफसीका खेलाडी विशाल राई ‘ए’लाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

विशाल झापा ११ का मिडफिल्डर हुन् । राईलाई नेपाल आइस झापा गोल्डकपको पाँचौ संस्करणको फाइनलका दिन सोमबार अवार्डस्वरुप एक थान मोटरसाइकल प्रदान गरिएको छ । आयोजक समितिका अध्यक्ष विनोद बस्नेतका अनुसार लामो समयसम्म झापाली फुटबलको विकास र उन्नयन्का लागि महत्वपूर्ण योगदान पु¥याएकाले राईलाई अवार्ड प्रदान गरिएको हो ।

झापा मेचीनगर २ का स्थायी बासिन्दा राईले जिल्लास्तर हुँदै पूर्वाञ्चल र काठमाडौँको ए डिभिजन क्लबबाट समेत फुटबल खेलेर झापाको गौरवमा उचाइ थपेका छन् । २०७१ सालमा झापा ११ एफसी खडा हुँदा उनी मुख्य खेलाडीका रुपमा थिए । झापा ११ को मिडफिल्डको जिम्मेवारी सम्हालेका विशालले विराट गोल्डकप, माइभ्याली गोल्डकप, एन्फा कप, सुरुङ्गा गोल्डकप, कटारी गोल्डकप, काँकरभिट्टा गोल्डकपको उपाधि झापा ११ ले रक्षा गर्दा उनको भूमिका महत्वपूर्ण थियो ।

नेपालको ए डिभिजन क्लब जावलाखेल, मछिन्द्र, एपिएफ क्लबबाट समेत खेलेका उनी अहिलेसम्म मैदानमै छन् । पाँचौ संस्करणमा पनि झापा ११ को पहिलो खेलमा उनी टिममै थिए । केही समय उनले मैदानमा बिताए पनि । लामो समयसम्म प्रवेश कटुवालको कप्तानीमा उनले जिम्मेवारी पूरा गरे ।

नगेन्द्रमणि लिम्बू र कर्ण लिम्बूको कप्तानीमा पनि उनले मिडफिल्ड सम्हालेर झापा ११ को गरिमालाई उचाइमा पुराएका विशाल राईलाई अहिलेका च्याम्पियन कोच प्रवेश अनुशासित खेलाडीको सूचीमा राख्छन् । झापा गोल्डकपले आप्mना पुराना खेलाडीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न थालेकोमा फुटबलप्रेमीहरुले अवकास लिइसकेका खेलाडीलाई सम्मान गर्न पाउनु ठुलो कुरा भएको बताउँदै आएका छन् ।

सम्मानको परम्पराले आयोजकले सामाजिक उत्तरदायित्व बहन गरेको पनि ठहर्ने विश्वास छ । गोल्डकप आयोजना गरेर फुटबल देखाइरहँदा खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दा आयोजकले उनीहरुलाई संरक्षण गरेको समेत देखिने उनीहरुको विश्लेषण छ । झापाले खेलाडीको दुर्घटना बिमा गरेर उदाहरणीय काम गर्दै पनि आएको छ । झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले फुटबल खेलको विकासमा लागिपरेका सबैलाई सम्झिरहेको बताउँदै महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई नछुटाइने सुनाए । उनले भने, ‘विभेदकारी नीति छैन, राम्रो काम गर्नेलाई सम्झेका छौँ ।’


Last Updated on: March 15th, 2022 at 5:45 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया