
खरका छाना वि’स्थापित गर्न साढे ४ अर्ब, जनता आवासका लागि साढे २ अर्ब
खरका छाना वि’स्थापित गर्न साढे ४ अर्ब, जनता आवासका लागि साढे २ अर्ब
Share
काठमाडाैँ । आगामी आर्थिक वर्षमा एक लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने लक्ष्य सरकारले घोषणा गरेको छ । यसका लागि प्रतिपरिवार रु ७५ हजार अनुदान दिइने बजेट वक्तव्यमा उल्लेख छ ।
PROMOTED CONTENT
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
यसका लागि रु तीन अर्ब ७५ करोड बजेट विनियोजन भएको छ । यो कार्यक्रममा हाल विनियोजित बजेटमा आगामी आर्थिक वर्षका लागि ५० प्रतिशत वृद्धि गरिएको हो ।
यसैगरी जनता आवास कार्यक्रमतर्फ रु दुई अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । ताप्लेजुङ, सर्लाही, मकवानपुर, पर्वत, प्यूठान, जुम्ला, डढेल्धुरालगायत ७३ जिल्लाका अतिविपन्न, लोपोन्मुख र सीमान्तकृत वर्गका २१ हजार ८०० परिवारलाई यो कार्यक्रममा समावेश गरिने भएको छ ।
यो कार्यक्रममा निर्माणाधीन घर यसै वर्ष सम्पन्न गर्ने गरी रु दुई अर्ब ५० करोड विनियोजन गरिएको छ ।
यसैगरी, जो खिमयुक्त बस्ती स्थानान्तरण गर्न र छरिएर रहेका बस्ती एकीकृत गरी खानेपानी, विद्युत्, सडकलगायत विकासका आधारभूत पूर्वाधार लैजान ४१ जिल्लाका ८६ स्थानमा एकीकृत बस्ती विकास गरिने भएको छ ।
सिन्धुपाल्चोक, गुल्मी, बाग्लुङ, म्याग्दी, दाङ, सुर्खेत, बाँके, बर्दियालगायतका जिल्लामा विपद्बाट विस्थापित परिवारका लागि पुनःस्थापना कार्यक्रम कार्यान्वयन गरिने भएको छ ।
ज्या’न बचाउन ट्वाइलेटमा लुक्दा पनि ढोका फोडेर कु’टे,२ तलाबाट हाम फाल्दा बचियो