शनिबार २८ साउन २०७९

उदयपुर । उदयपुरमा ९ वर्षीया एक बालिकालाई ललाई फकाई पटक पटक ब ला, त्का र गरेको आ रो पमा एक युवक प क्रा उ परेका छन् । जिल्लाको बेलका नगरपालिका वडा नम्बर ५ लालीगुँरासटोलका ३५ वर्षीय गणेश खत्री समातिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब ला, त्कृ त बालिका उदयपुरको बेलका ५ घुम्नेकी हुन् । पीडित बालिकाको परिवारले दिएको जाहेरीमा बालिकालाई खत्रीले बिभिन्न लोभ देखाएर नजिककैको कुखुरा फर्ममा लगी बला, त्कार गरेको उल्लेख छ ।

घटनाका बारेमा स्थानीय बालबालिकाले संलग्न खत्रीकी श्रीमतीलाई जानकारी गराएपछि हल्ला फैलिएको थियो । घरमा थाहा भएपछि परिवारले सोधपुछ गर्दा पीडित बालिकाले आफूमाथि भएको सबै घटना सुनाएकी थिइन् ।

बेलका ५ का वडाध्यक्ष गोविन्द्रकुमार खड्काका अनुसार खत्रीले ती बालिकालाई यसअघि पनि पटक पटक ब ला, त्का र गरेको खुलेको छ । पछिल्लो पटक घटना हुँदा स्थानीय बालबालिकाले पनि देखेको र बालिकाले आफ्नै घरमा समेत जानकारी दिएपछि प्रहरीसम्म जाहेरी पुगेको हो । परिवार र आफन्तले बेलका रामपुरस्थित इलाका प्रहरी कार्यालय ठोक्सिलामा जाहेरी दिएका छन् ।

खत्रीलाई सोही जाहेरीको आधारमा इप्रकाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला अदालत उदयपुरबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान थालिएको छ । बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।

 


Last Updated on: March 16th, 2022 at 11:04 am
४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया