शनिबार २८ साउन २०७९

घरभित्र छिरेको निहुँमा दलित समुदायकी बालिकालाई चरम यातना दिइएको छ । रामेछाप मन्थली नगरपालिका–६ भलुवाजोरमा १३ वर्षीय सरिता नेपालीलाई घरभित्र छिरेको निहुँमा २१ घण्टासम्म डोरीले थाममा बाँ धेर च रम या तना दिएको हो ।गैरदलित समुदायको घरभित्र छिरेको निहुँमा स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत नेपालीलाई सोही स्थानका ६३ वर्षका शेरबहादुर श्रेष्ठले नेपालीलाई हात र कम्मरमा नाम्लोले बाँ धेर घरको दलिनमा चार घण्टासम्म झु न्ड्याएको पीडित बालिकाले बताएकी छन्।

त्यसपछि १७ घण्टा घरको थाममा बाँ धेर सिस्नो लगाई कु ट पि ट गरिएको पीडितको आ रो प छ । बालिकालाई सोमबार अपराह्न चार बजेदेखि मंगलबार मध्याह्न १२ बजेसम्म नियन्त्रणमा लिई बाँ धेर या तना दिइएको थियो ।दलित समुदायको भएर घरभित्र पसी दही चोरेर खाएकाले बाँ धेर राखेको पीडक शेरबहादुर श्रेष्ठको भनाई छ । उनले आफ्नो घरमा रुद्री लगाउने खर्च व्यहोर्नुपर्ने माग राखेका छन् । हाल दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साभार:नेपाल समाचारपत्र दैनिक

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 16th, 2022 at 11:29 am
२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया