सोमबार ३० साउन २०७९

चापागाउँ घर भई हाल वसन्तपुर बस्दै आएका दिपकले सुरुमै वसन्तपुरबाट ट्याक्सी चलाउनु थालेका हुन्। ट्याक्सी चलाउनु उनको दिनचर्या हो।  उनले काठमाडौँ उपत्यकमा टयाक्सी चलाउन थालेको ३३ वर्ष पूरा भइसकेको छ।

उनका अनुसार अहिले ट्याक्सीबाट खासै आमदानी हुँदैन। नेपालमा कोरोना भाइरस संक्रमण भित्रिएसंगै भएको लकडाउनले ट्याक्सी व्यवसाय पनि ठप्प भएको उनी बताउँछन्। उनी भन्छन्, ‘लकडाउनभन्दा पहिला दिनमा ३/४ हजार आमदानी हुन्थ्याे। अहिले त दिनमा १/२ हजार कमाउन पनि मुस्किल छ।’

उनका अनुसार जब नेपालमा पठाओ सेवा सुरु भयाे, त्यसपछि ट्याक्सी चढ्ने भनेर खासै मानिस आउँदैनन्। पठाओ सेवा सुरु भएसंगै ट्याक्टी व्यवसाय धरापमा परेकाे उनकाे भनाइ छ।

‘पठाओले चाहिँ रातो कार्डले चलाइरहेका छन्, जुन सरकारले मान्यता दिएको छैन। तर हामी ट्याक्सी चालकहरुले कालो कार्डका लगाएर टयाक्सी चलाइरहेका छौँ’, उनी गुनासो गर्छन्, ‘सरकारले सबैलाई एउटै नियम लागु गर्नुपर्छ।’

उनले भने, ‘बढदो पेट्राेलको मूल्यले गर्दा बाँच्न समेत गाह्रो भइसक्यो।’ काेराेना महामारीपछि र पठाओ आएपछि टयाक्सी मात्र चलाएर परिवार पाल्छु भन्ने स्थिति अब छैन  यसैगरी अर्का चालक उमेश महर्जन पनि टयाक्सी चलाएरै जीविकाेपार्जन गर्छन्। वसन्तपुरमाका महर्जनले टयाक्सी चलाउन थालेको २१ वर्ष पूरा भइसक्यो।

उनले अरु काम अहिलेसम्म केही नगरेको बताउँछन्। अहिलैसम्म टयाक्सीकै भरमा परिवार पालेको उनी सनाउँछन्। धेरै वर्ष भयो टयाक्सी चलाएको तर नेपालमा काेराेना महामारीकाे बेला भएकाे लकडाउन पछिको स्थिति र पठाओ आएपछि अहिलेसम्म दुखै पाइयाे, उनले बिएल नेपाली सेवासँग भने, ‘टयाक्सी चलाएर परिवार पाल्न धेरै गाह्रो भएको छ ।’

उनी गुनासाे गर्छन् , ‘दिनभरि यात्रु कुर्यो, १/२ जना आउँछन्। त्यही पनि कुनै दिन कोही आउँदैनन्’।

एक घटना सुन्दाउँदै उनले भने, ‘लाजिम्पाटबाट टेकुसम्म एक जान यात्रु चढेका थिए। सुरुमा उनीसंग ३०० रुपैयाँँ भाडा भन्नेर सहमति भएको थियो। तर ती यात्रुले आफू झर्नेबेला २०० रुपैयाँ फालेर पछाडि नहेरि गए। म पनि केही नभनि फर्केँ। यस्तो घटना मलगायत धेरै चालकहरुमा भाेगररहेका हुन्छन्।’


Last Updated on: March 16th, 2022 at 11:59 am
२३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया