बुधबार २५ साउन २०७९

मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दाका फरार अभियुक्त दम्पती पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ४२ वर्षका रामजी पासवान र उनको श्रीमती ३२ वर्षीया बिभा पासवानलाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने उनकी श्रीमती बिभा पासवानलाई १७ वर्ष र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फैसलापछि फरार रहेका दुवै जनालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । दुवैजनालाई धनुषा जिल्ला अदालतमा मंगलबार नै हाजिर गराएर सुनसरीस्थित झुमका कारागारको कार्यालयमा पठाउने आदेश भएको धनुषा प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस:

रामेछापको मन्थली नगरपालिका–६ मा दलित महिलालाई ब’न्धक बनाएर यातना दिइएको छ । दही चोरेको आ’रोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन् ।

मंगलबार दिउँसो बालिकाको उद्दार गरिएको रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए । फागुन ३० मा दिउँसो साढे ४ बजेबाट बालिकालाई दलानको थाममा बाँधेर श्रेष्ठ परिवारले यातना दिएका हुन् । बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित परिवारले श्रेष्ठविरुद्ध अ’पहरण गरेर शरीर ब’न्धक बनाएको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको डिएसपी थिङले जानकारी दिए । मन्थली नगरपालिका–६ चिउरीपानीस्थित श्रेष्ठको घरबाट प्रहरीले बालिकालाई उद्दार गरेर सदरमुकाममा ल्याएको थियो ।

घरभित्र पसेर चोरी गरेको आ’रोपमा श्रेष्ठका परिवारले हात पछाडि बाँ’धेर शरीर थाममा बाँधेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बन्धक बनाएको थाहा पाएपछि मन्थली–६ का अध्यक्ष गोपाल माझीले प्रहरीलाई खबर गरेका थिए ।


Last Updated on: March 16th, 2022 at 6:42 pm
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया