सोमबार ३० साउन २०७९

कास्की मिडिया :सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तहको चुनावमा एमालेसँग तालमेल गर्ने अहिलेसम्म कुनै सम्भावना नदेखिएको बताएका छन्।

बिहीबार बिहान लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै उनले तत्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको बताएका हुन्।

यसअघि बुधबार माओवादी केन्द्रकै नेता वर्षमान पुन ‘अनन्त’ले एमालेसँग पनि चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएको भोलिपल्ट प्रचण्डले एमालेसँग तत्काल तालमेलको सम्भावना नरहेको बताएका हुन्।

‘तत्काल एमालेसँग गठबन्धन हुने वा तालमेल हुने सम्भावना देखिएको छैन’, प्रचण्डले भने, ‘तर देशमा गम्भीर संकट आएका बेला माओवादी केन्द्र जति तीतोमीठो भए पनि सहज निकास दिन तयार हुने पार्टी हो।तर अहिलेसम्मको अवस्था वर्तमान पाँच दलकै गठबन्धन बचाएर चुनावसम्म जाने उनले बताए। यो कुरा कांग्रेसको व्यवहारमा भर पर्ने प्रचण्डको भनाइ छ।

यो पनि पढ्नुहोश:सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाव तोकिएकै मिति (वैशाख ३० गते) हुने बताएका छन्। आज बिहीबार बिहान लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘चुनाव नहुने भन्ने कुरा कहीँ कतैबाट देखिएको छैन।

चुनाव तोकिएकै मितिमा हुन्छ। कुनै कन्फ्युजन नराखे हुन्छ। कुनै कन्फ्युजन भयो भने तयारीमा असर पुग्छ।उनले पार्टीको चुनावी अभियानका क्रममा आज बिहीबार लुम्बिनी प्रदेशमा आइपुगेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्ना सम्पूर्ण नेता÷कार्यकतालाई चुनावमा जित हासिल गर्ने कुरालाई प्राथमिकतामा राखेर तयारी गर्न निर्देशन पनि दिए।


Last Updated on: March 17th, 2022 at 12:44 pm
१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया