बुधबार १० आश्विन २०८०

काठमाडौं

अनेरास्ववियु पाल्पाका पुर्व जिल्ला अध्यक्ष, युवा संघ नेपालका केन्द्रीय सचिव, राष्ट्रिय युवा समिति पाल्पाका जिल्ला अध्यक्ष तुल बहादुर अधिकारीलाई पत्नीशोक परेको छ । उहाँकी जिवनसङ्गिनी प्रतिक्षा अर्याल अधिकारीको असामयिक निधन भएको हो । उहाँको मृत्युकोका कारणलाई लिएर कुनै जानकारी दिइएको छैन ।

आइतबार बिहान उहाँको निधन भएको हो । उहाँको १६ जेठ, २०७८ मा बिहान २ः३० बजे कोरोना संक्रमणमुक्त हुनु भएको थियो । कोरोनाबाट निको भएपछि उहाँलाई निमोनियकाको संक्रमण भएको थियो । निमोनियकाको उपचार गराउँदा आज बिहान उहाँको निधन भएको हो ।

युवा संघका नेताहरुले प्रतिक्षा अर्याल अधिकारीको निधनलाई लिएर हार्दिक समवेदना प्रकट गर्दै श्रदाञ्जली व्यक्त गरेका छन् । स्थायी कमिटी सदस्य, राष्ट्रिय युवासंघ नेपाल केन्द्रिय कमिटी प्रभात भण्डारीले लेख्नु भएको छ, ‘अत्यन्तै दुःखद समाचार !

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिव कमरेड तुल बहादुर अधिकारीकी जिवनसङ्गिनी प्रतीक्षा अर्याल अधिकारी को २०७८ जेठ–१६ गते बिहान २ः३० बजे कोरोना संक्रमितबाट निको भई निमोनिया को उपचार गराउँदा गराउँदै निधन भएको खबरले स्तब्ध र दुःखीत बनाएको छ ।

जिवनसङ्गिनीको निधनले कमरेड तुल बहादुरलाई गम्भीर आघात पुगेको छ । दुःखको यस घडीमा स्वर्गिय प्रतीक्षा अर्याल अधिकारी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल कमरेड तुल बहादुर अधिकारी ,परिवारजन,आफन्त लगायतमा गहिरो समवेदना व्यक्त गर्दछु ।


Last Updated on: May 30th, 2021 at 6:17 pm
३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया