
काठमाडौं, १० फागुन । पुनः प्रवेश (रि–इन्ट्रि) भिसामा फर्किएका श्रमिकले समयअवधि सकिनु अगावै नै साउदी अरब नफर्किएको अवस्थामा तीन वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
आइतबार वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामार्फत् रि–इन्ट्रि भिसामा फर्किएका आप्रवासी श्रमिकहरु भिसाको अवधि सकिनु अगावै काममा नफर्किएको खण्डमा ती कामदारलाई तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको भनिएको छ ।
सूचनामा भनिएको छ, ‘साउदी सरकारले रि–इन्ट्रि भिसामा स्वदेश गएका कामदारहरु सो भिसाको अवधि सकिनु अगावै काममा नफर्किएमा यस प्रकारका कामदारहरु तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।’
तर, जुन कम्पनीबाट रि–इन्ट्रि भिसामा गएको हो सोही कम्पनीमा नया“ भिसामा आउन अनुमति पाएमा उक्त अवधिअगावै आउन बाधा नपर्ने भनि साउदी अरबको अध्यागमन कार्यालयले जनाएको सूचनामा उल्लेख छ । मतलब रि–इन्ट्रिको अवधि रह“दै सोही कम्पनीमा नया“ भिसा पाएमा पनि प्रवेशमा रोक नलगाइने सूचनामार्फत् भन्न खोजिएको छ ।
रि–इन्ट्रि भिसामार्फत् साउदी जानेहरुले भने स्वास्थ्य प्रोटोकल तथा प्रतिबन्धमा सम्बन्धमा नियमहरु पालना गर्नुपर्ने भनिएको छ । पछिल्लो समय साउदीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि साउदी सरकारले कोरोना संक्रमण कम गर्न स्वास्थ्य प्रोटोकलका अतिरिक्त नियमहरु बनाएको छ ।
रि–इन्ट्रि भिसामार्फत् व्यापारिक मलहरुमा जाने हरेकले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको ‘ट्वाककल्ना एप्स’ अनिवार्य रुपमा आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने सूचनामा भनिएको छ । डाउनलोड गरिएको एपबाट कोरोना संक्रमण भएका व्यक्तिगको आवागमनको ट्रेसिङ हुने जनाइएको छ ।
यसैगरी ३१ मार्चबाट हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन प्रतिबन्ध हटाउने निर्णय गरिएपनि १७ मे सम्मलाई लम्ब्याइएको पनि सूचनामार्फत् भनिएको छ । त्यस्तै, विभिन्न २० देशका नागरिकलाई साउदी अरब प्रवेशमा रोक लगाइएको छ ।
साउदी अरब रोक लगाइएको देशहरुमा भारत, पाकिस्तान, अर्जेन्टिना, ब्राजिल, इजिप्ट, फ्रान्स, जर्मनी, इन्डोनेसिया, आयरल्यान्ड, इटली, जापान, लेवनान, पोर्चुगल, दक्षिण अफ्रिका, स्वीडेन, स्विटजरल्यान्ड, टर्की, युएइ, बेलायत र अमेरिका रहेका छन् ।
यी २० देशबाट आप्रवासीहरु, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र उनीहरुका परिवारहरु अर्काे व्यवस्था नभएसम्म साउदी अरब प्रवेशमा रोक लगाइएको सूचनामा भनिएको छ ।
यो पनि पढ्नुस
मानिस स्वभावैले लोभी प्राणी मानिन्छ । कुन चाहि मानिसलाई रहर नहोला र धनी बन्ने। पक्कै पनि सबै व्यक्तिलाई धनी बन्ने रहर छ तर, केही व्यक्तिले मात्र त्यो रहर र सपना पूरा गर्न सक्छन् । यस्तै धनी मध्यका एक हुन् भारतका भारतका धनाढ्य मुकेश अम्बानी।
उनी अथक प्रयास, मिहिनेत र लगनशीलताका कारण प्रेरणाको स्रोत नै बन्न पुगे। तपाई हामीलाई लाग्न सक्छ उनी कसरी भए धनी हामी कसरी बन्न सक्छौं त्यसै भएर उनी कसरी धनी भए त रु भन्ने बिषयमा हामी यहाँ छोटकरीमा चर्चा गर्दछौं ।
उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक पनि हुन्।
१) पैसाको पछि दौडिँदैनन्
मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा छ ।
२) साहसी व्यक्तित्व
उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् जसले गर्दा हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् ।
३) पर्याप्त खर्च गर्छन्
उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् ।
४) आफैँलाई विश्वास गर्छन्
उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन्।
५) ठूलो सपना
ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । तर्सथ उनी ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउन समेत सक्दैनन् ।
६) निरन्तर खट्छन्
दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ सक्रिय हुनुपर्ने उनको तर्क छ।